२०८१ वैशाख १५ गते | 27th of April 2024

मिचिगनको कार्यक्रमबाट थप बल, बलियो बन्दै लामिछाने समुह

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ २ गते १८:२४

मिचिगन – गैर आवासीय नेपाली संघ अमेरिकारको आसन्न निर्वाचनमा मिचिकनमा कृष्ण लामिछाने टिमको पक्षमा जनलहर उर्लीएको छ । सर्यौ स्थानीयले कृष्ण लामिछाने टिम एनआरएनए अमेरिकामा सक्षम, योग्य रहेको भन्दै आफूहरुको पूर्ण समर्थन हुने विश्वास ब्यक्त गर्नुभएको छ ।

सायद ४ people, including Krishna Lamichhane तथा  बसिरहेका मानिसहरू को तस्बिर हुनसक्छ

स्थानीयको भब्य स्वागत र समर्थन पाएपछि लामिछाने टिम थप उत्साहीत बनेको छ । ओहायो च्याप्टरको पूरै टिमको समर्थन समेत पाइसकेको लामिछाने टिमको जीतलाई अब कसैले रोक्न नसक्ने देखिएको छ ।

No description available.

मिचिकनमा आयोजित कार्यक्रममा अध्यक्ष उम्मेदवार लामिछानेले आफ्नो टिम अमेरिकाबासी नेपालीहरुको मनमा बस्न सफल भएको बताउँदै आगामी दुइ वर्ष एनसिसीलाई नमूना बनाइछाड्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

नेपाली समुदायलाई एकजुट बनाएर फाटेको मनलाई जोड्दै एकता, सदभाव कामय गर्न तत्लीन रहेको बताउँदै अध्यक्षका उम्मेदवार लामिछानेले एनआरएनको नाममा भइरहेको गलत काम र विकृति विसंगतिविरुद्ध खुलेर आलोचना गर्न आवश्यक रहेकोमा पनि जोड दिनुभयो ।

No description available.

उहाँले विभिन्न राज्य र सहरहरुमा अभियानको क्रममा पुग्दा अधिकांश स्थानीयहरुलले आफ्नो टिमलाई भब्य स्वागत र समर्थन जनाएको बपनि बताउनुभयो ।

No description available.

कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार कृष्णजीवी पन्थले एनआरएनए अमेरिकालाई विश्वकै नमूना एनसिसी बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । एनआरएनएका गतिविधीहरु दोस्रो पुस्तामा केन्द्रित गर्न आवश्यक रहेको बताउँदै वरिष्ठ उपाध्यक्षका उम्मेदवार लामिछानेले संस्थालाई एक स्टेभ माथि उठाउन आफूहरु अग्रसर भएको बताउनुभयो ।

No description available.

महासचिवका उम्मेदवार विनोद भट्टले ंसंस्थामा शुद्धीकरण प्रमुख एजेन्डा बनाएर अगाडि बढेको बताउनुभयो । संस्थामा सबैको अपनत्व हुने गरि साझा बनाउन आफूहरु लागिपरिरहेको बताउनुभयो ।

No description available.

कार्यक्रममा उपाध्यक्षका उम्मेदवार चन्द्र लामाले एनआरएनए अमेरिकामा संस्थागत विकास, र रपारदर्शीता आवश्यक भएकोमा जोड दिनुभयो ।

No description available.

कार्यक्रममा आइसिसीका मानार्थ सदस्य प्रेम श्रेष्ठ र लोक तिवारी एनआरएन अभियन्ता लक्षिम सिंमखडा, बोर्ड अफ डाईरेक्टरका उम्मेदवार बाबु सुवेदी, दिवाकार पाण्डे, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि हेमाज भट्ट, एनआरएनए केन्सस च्याप्टर सभापति फिलीप केसी, नेपाली समाज मिचिकनका अध्यक्ष अमृत भटराई, जनम्पर्क समिति मिचिगनका सभपाति राम बस्याल, एनआरएनए मिचिगनका च्याप्टर सभापति तुलसी शिवाकोटी, बाबु सेढाईलगायतले बोल्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *