टेक्सास – गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाच्नमा पत्रकार अनिल अधिकारीले उम्मेदवारी दिनुभएको छ । लामो समयदेखी पत्रकारितामा क्रियाशील अधिकारीले बोर्ड सदस्यमा उमेदवारी दिनुभएको हो । पत्रकारितासंगै सामाजिक सेवामा समेत कृयाशिल अधिकारी एनआरएनलाई आम मानिसको संस्था बनाउने दृढ उदेश्यका साथ एनआरएनए अमेरिकामा उम्मेदवारी दिएको बताउनुहुन्छ ।
अधिकारी अमेरिकाबाट सञ्चालित खसोखास डटकमका कार्यकारी सम्पादक हुनुहुन्छ भने नेपालबाट संचालित ईकागज डटकमका अमेरिका बिशेष प्रतिनिधि समेत हुनुुहन्छ । नेपालमा रहँदा समेत लामो समय पत्रकारिता गरेका अधिकारी बिगत ७ बर्षदेखी अमेरिकामा हुनुहुन्छ । सम्वाददाता हुँदै दैनिक पत्रिकाको सम्पादक समेत भैसकेका अधिकारीसंग रेडियो, टेलिभिजन, छापा तथा अनलाईन मिडियाहरुमा काम गरेका अनुभव छ ।
राजधानी दैनिक पोखरा सम्वाददाता, अन्नपूर्ण पोष्ट अमेरिका प्रतिनिधि, नेपाल वान टेलिभिजन पोखरा सम्वाददाता, अन्नपूर्ण एफएम डेक्स सम्पादक, पोखरा हटलाईन दैनिक सहसम्पादक, यूनाईटेड राष्ट्रिय दैनिक सम्पादक, हिमाली आवाज आर्थिक साप्ताहिक कार्यकारी सम्पादक लगायत दजनौं संचार माध्यममा काम गरेका अधिकारी नेपालमा सामाजिक काममा समेत सक्रिय हुनुहुन्छ ।
हाल बलेवा समाज अमेरिकाका अध्यक्ष समेत रहेका अधिकारी नेपालमा जनसंचार मञ्चका अध्यक्ष, पर्यटन पत्रकार मञ्च कास्की सचिव, आर्थिक पत्रकार मञ्च कास्की कार्यक्रम संयोजक, गरिमा सहकारीका प्रवक्ता तथा नेपाल पत्रकार महासंघ कास्कीको कार्यसमिति सदस्य समेत भएर काम गरिसक्नु भएको छ ।
नेपालको बाग्लुङ जिल्लामा जन्मिएका अधिकारी पोखरालाई कर्मथलो बनाएर पत्रकारितामा थिए । सडक बालबालिकाको सहयोगार्थ उनले पोखराबाट बिशेष अभियाननै संचालन गर्नुभएको
थियो । अधिकारीले सडक बालबालिकाका लागि निशुल्क कपडा बितरण तथा निशुल्क स्वास्थ्य शिविर संचालन गर्नुभएको थियो ।
एनआरएनए अमेरिकाको अभियानमा लामो समयदेखी सहकार्य गर्दै आएका अधिकारीले संस्थालाई सकारात्मक सुझाव दिँदै आउउनुभएको छ । अधिकारीले न्यूयोर्क क्षेत्रमा रहँदा बिभिन्न अभियानहरुमा काम गरेको अनुभव समेत संगालेका छन् । यस्तै उनि एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरको मिडिया संयोजक समेत हुनुहुन्थ्यो ।
एनआरएनमा तपाईको उमेदवारी के कालागि भन्ने प्रश्नमा अधिकारीले भन्नुभयो, यस संस्थालाई आम सर्वसाधारणको पहुँच पुग्ने संस्था बनाउनका लागि म सक्दो पहल गर्छु, कोशिस गर्छु । अधिकारीले भने, आम मानिसमा एनआरएन चुनावका बेलामा मात्रै सक्रिय हुन्छ भन्ने नकारात्मक टिप्पणी छ, त्यसलाई चिरेर सबैमा होईन यो संस्था हाम्रो संस्था हो भन्ने सोँचको बिकास गर्न काम गर्छु । म हिजो पनि सक्रिय थिएँ, आज पनि छु र भोली पनि सक्रिय हुनेछु, अधिकारीले मातृभूमी नेपाल र कर्मभूमी अमेरिकामा रहेका नेपालीहरुको हितमा काम गर्ने संस्था बनाउन म आफ्नो ढंगले पहल गर्छु ।
स्रोत : टेक्सासनेपाल