२०८१ वैशाख २० गते | 2nd of May 2024

कोभिड-१९ संक्रमणको अवस्था अझै केही हप्ता चुनौतीपूर्ण हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ ३ गते १४:२१

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणको अवस्था अझै केही हप्ता चुनौतीपूर्ण हुने घोषणा गरेको छ ।

सोमबार मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै निषेधाज्ञाका बाबजुद संक्रमण जति घट्नुपर्ने हो, त्यति नघटेको भन्दै अब केही हप्ता संयमित हुन सबैलाई अनुरोध गरेको छ । विवाह, ब्रतबन्ध, उद्घाटन, भेलालगायत सार्वजनिक कार्यक्रमले गर्दा संक्रमण नघटेको मन्त्रालयले जनाएको छ । संक्रमण नियन्त्रणका लागि समाजमा भइरहेका यस्ता कार्यक्रम घटाउन र संक्रमितहरु खुलेआम समुदयमा  हिँड्डुल नगर्न मन्त्रालयले अनुरोध गरेको छ ।

त्यस्तै, महामारी नियन्त्रण स्वास्थ्य मन्त्रालय एक्लैको युद्ध नभएकाले प्रदेश र स्थानीय सरकार, सरकारी निकायहरु र सर्वसाधारणलाई एकजुट भएर लाग्न मन्त्रालयले आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *