२०८१ वैशाख २१ गते | 3rd of May 2024

एनआरएनए अमेरिका निर्वाचन – सुनिता कंडेल सापकोटा, महिला सचिव पदकी उमेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ ४ गते १४:५६

क्यालिफोर्निया – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आगामी कार्यकालको लागि सुनिता कंडेल सापकोटाले महिला सचिव पदमा उम्मेदवारी दिएकी छन । ‘साझा एनआरएनए निर्माण’को मूल नाराका साथ कंडेलले महिला सचिवमा उम्मेदवारी दिएकी छन ।

सचिवमा महिलातर्फको उम्मेदवारी दिनुभएको कंडेलले आफ्नो उम्मेदवारी महिला र युवाहरुको सशकिकरण गर्न र नेतृव तहमा युवा तथा महिलाहरुलाई पुर्याउनका लागि भएको बताईन । आफू समावेशी, सहभागीतात्मक र नविन सोचका साथ अगाडि बढेकाले युवा तथा महिरुको पूर्ण साथ रहने विश्वास पनि ब्यक्त गरिन । एनसिसीअमेरिकामा आफूले जिम्मवारी पाए आफुले पाएको ज़िम्मेवारीलाई अर्थपूर्ण ढंगले कार्यान्वयन गर्न लागिपर्ने उनको अठोट छ ।

सचिवमा महिलातर्फको उम्मेदवारी दिएकी कंडेलले आफ्नो उम्मेदवारी महिला र युवाहरुको सशकिकरण गर्न र नेतृव तहमा युवा तथा महिलाहरुलाई पुर्याउनका लागि भएको बताईन । साथै वर्तमान कोभिड -१९ को महामारीमा आफूले कोभिड १९ हेल्प डेस्कमा रहेर काम गरेको बताउँदै यसले गर्दा आफूलाई अझ सामाजीक गतिविधी र सामाजीक कार्य गर्न हौसाएको बताईन ।
नेपालको नवलपरासी गैंडाकोटमा जन्मेर चितवनको बाल कुमारी कलेजबाट ग्राजुएट गरेकी कंडेल विद्यार्थी जीवनदेखि नै सामाजिक कार्यमा सक्रिय हुन ।

उनीसंग रेडियो पत्रकारिताको अनुभव समेत छ । कम्युनिटी रेडियो ‘बिजय एफएम’मा कंडेलले काम गरेकी थिईन । सन् २०१४ मा अमेरिकाको आएर क्यालिफोर्निया राज्यलाई कर्मक्षेत्र बनाएकी कंडेल नेपाली महिलाहरुको विश्व संजाल (NWGN) क्यालिफोर्निया च्याप्टरमा सकृय रहँदै आएकी छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *