२०८२ फागुन १० गते | 22nd of February 2026

एनआरएनए अमेरिका, उपाध्यक्ष पदका बलिया उमेद्वार प्रबिण केसी

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ ४ गते १५:२५

न्यूयोर्क – गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनमा प्रविण केसीले उपाध्यक्ष पदका बलिया उमेद्वार मानिन्छन । गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद अन्तरगत गठित फाइनान्स कमिटी टास्कफोर्सको सह संयोजक समेत रहेका केसी संसारकै प्रमुख ब्यापारिक केन्द्र न्यूयोर्कलाई कर्मक्षेत्र बनाएर बिगत लामो समयदेखी सामाजिक कार्यमा सकृय छन ।

कम बोल्ने, शालिन एवम बौद्धिक ब्यक्तित्वको रुपमा परिचीत केसी लेखा ब्यवसायलाई अंगालेर न्यूयोर्कमा सफल जीवन यापन गराईरहेका छन । एनआरएनए अमेरिकालाई अगाडि बढाउन नेतृत्व क्षमता राख्ने केसी संस्थाभित्र इमान्दार, सक्षम र संस्थाको भावना बुझेका ब्यक्तिहरुको आवश्यक रहेको बताउंछन ।

नेतृत्व क्षमता भएका केसी एनआरएनए अमेरिकालाई विश्वभरिका एनसिसीमध्येको उदाहरणीय र नमूना बनाउनुपर्छ भन्ने विचार राख्छन । एनआरएनए जस्तो प्रवित्र संस्थालाई सबैको भावना कदर गर्दै सबैले अपनत्व हुने बनाउन जरुरी रहेकोमा जोड समेत दिने केसी हरेक नेपालीको दुख सुखमा सदैव साथ र सहयोग गर्ने एनआरएनए अमेरिकाको निर्माणका लागि उपाध्यक्ष पदका बलिया उम्मेदवारको रुपमा समेत लिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *