२०८१ वैशाख २२ गते | 4th of May 2024

ज्ञानेन्द्र गुरुङ्ग – एनआरएनए अमेरिका बोर्ड सदस्य पदका आशालाग्दा उमेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ ४ गते १६:५१

लस एन्जलस – अबको दुई हप्तामा सम्पन्न हुने एनआरएनए अमेरिकाको आसन्न निर्वाचनले निर्वाचित गर्ने नयाँं कार्यसमितिको बोर्ड सदस्य पदका लागि लस एन्जलस निवासी ज्ञानेन्द्र गुरुंगले उमेदवारी दिएका छन । लम्जुङ जिल्लामा जन्मिएर उच्च शिक्षा र सुनौलो भविष्यका लागि सात समुन्द्रपारीको देश अमेरिका हानिएका गुरुङ्ग अमेरिका प्रवेशको दिनदेखी हालसम्म बिभिन्न सामाजिक कार्यक्रम र कृयाकलापहरुमा सकृय छन ।

त्रिभुवन विश्वबिद्धालयबाट समाजशास्त्रमा एम ए गरेका शिक्षित गुरुङ्ग सन २००४ मा अमेरिका आएर दुई छोरी र श्रीमतीका साथ रहेर क्यालिफोर्निया राज्यको सुन्दर नगरी लस एन्जलसलाई कर्म क्षेत्र बानाएर सामाजिक कार्यमा सकृय छन । निष्कलंक एनआरएनए, पारदर्शी संस्था, हाम्रो र राम्रो समाज निर्माणको मुल उदेश्य लिएर एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि सदस्य पदमा भिडेका गुरुङ्ग भद्र, सालीन र नरम पात्रका रुपमा परिचित छन ।

लस एन्जलस क्षेत्रको सामाजिक गौरब श्रीपशुपतिनाथ फाउन्डेशन लगायतका सामाजिक संस्थारुमा सेवा दिईसकेका सामाजिक पात्र गुरुङ्ग ‘प्रवासी नेपालीहरुको दरिलो संस्था एनआरएनए मार्फत समस्या र सामाधानका प्रवासी आवाज मुखरित गर्न’ सदस्य पदका लागि उमेदवारी दिएको बताउंछन । ‘सामाजिक सेवा र सकृयताको अनुभवलाई अंगालेर आगामी दुई बर्ष एनआरएनएको लागि अर्पित गर्नेछु’, गुरुङ्गले खुल्लामन्चसंग बताए । भद्र स्वभावका कारण लस एन्जलस क्षेत्रमा परिचित एवम चर्चित गुरुङ्ग सदस्य पदका बलिया उमेद्वारको रुपमा चिनिन्छन ।

लस एन्जलस गुरुङ्ग समाजका वर्तमान अध्यक्षको रुपमा सकृय गुरुङ्ग २००४ देखी आजसम्म आधा दर्जन भन्दा बढी सामाजिक संस्थामा रहेर काम गरेको अनुभव बोकेका पात्र हुन । एनआरएनए अमेरिकाको निर्वाचनको प्रचारको लागि अमेरिकाका बिभिन्न राज्यको भ्रमण गरेका उनले सामाजिक सम्बन्ध सुधारेका छन । नेपालको प्रजातान्त्रिक आन्दोलनमा बिद्धार्थी तथा तरुण समितिको केन्द्रियस्तरमा रहेर काम गरेका गुरुङ्ग ‘समावेशी र साझा एनआरएनए अमेरिका निर्माण’ का लागि काम गर्ने बताउंछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *