२०८१ वैशाख १९ गते | 1st of May 2024

अरु मुलुकहरुलाई थप दुई करोड डोज खोप पठाउने अमेरिकाको घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ ५ गते ११:०१

वासिङटन – अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना महामारीसँग लडिरहेका अरु मुलुकहरुलाई थप दुई करोड डोज खोप पठाउने घोषणा गरेका छन् । जुनको अन्त्यसम्ममा त्यति मात्रामा खोपहरु बाहिर पठाउने उनले बताएका हुन् । उनले भनेका छन्, “ती सबै खोपहरु अमेरिकीलाई लगाउन स्वीकृत गरिएको थियो र आगामी जुनसम्म हामीले सबै अमेरिकी नागरिकलाई सुरक्षित राख्न पर्याप्त खोप डेलिभरि गरिसकेका हुनेछौँ । त्यसैले हामीले त्यसमै रहेको दुई करोड डोजको अतिरिक्त आपूर्ति अन्य देशलाई प्रदान गर्नेछौँ । यसको अर्थ अर्को ६ हप्तामा अमेरिकाले आठ करोड डोज विदेश पठाउनेछ ।”

ती खोपहरुमा फाइजर, मोडेर्ना या जोन्सन एन्ड जोन्सन उपलब्ध हुने अपेक्षा गरिएको छ । यसका साथै एस्ट्राजेनेका खोपको अतिरिक्त ६ करोड डोज पनि समावेश गरिनेछ, जुन अमेरिकाले यसअघि विदेश निर्यात गर्ने घोषणा गरेको थियो । बाइडेनले आफूहरुले जत्तिको सहयोग विश्वमै अरु कसैले नगरेको र खोप दान गर्नमा अमेरिका सबैभन्दा अगाडि रहेको पनि बताए । उनले चीन र रुसको नाम लिँदै तिनीहरुले भन्दा अमेरिकाले विश्व समुदायमा बढी खोप वितरण गराएको र महामारी नियन्त्रणमा योगदान पु¥याउन समर्पित रहेको बताए । भाइरससँगको लडाईँमा प्रजातन्त्रले नै जित दिलाउने उनको भनाइ छ । अमेरिकाले महामारी अन्त्य गर्न अब नयाँ बहुपक्षीय कदम अघि बढाउने उनले उल्लेख गरे ।

त्यस्तै, अमेरिकामा जारी खोप कार्यक्रमको प्रगतिबारे पनि बाइडेनले जानकारी दिए । मंगलबारसम्म ६० प्रतिशत जनसंख्याले खोपको कम्तीमा पनि एक डोज लगाइसकेको हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *