काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गृहमन्त्रीसमेत रहेका रामबहादुर थापालाई भोट हाल्न अपिल गरेका छन् ।
“यस निर्वाचनमा हाम्रो एकतावद्ध सङकल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाइमा पुर्याउने छ । अतः यस निवाचनमा पार्टीका उमेदवार रामबहादुर थापालाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन आह्वान गर्दछु,” उनले विज्ञप्ति जारी गर्दै भनेका छन् ।