२०८१ वैशाख २१ गते | 3rd of May 2024

म जान्न अदालत, तर २०९३ अझै जिवित छ : अध्यक्षका प्रत्यासी केसी

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ ५ गते १४:४०

लस एन्जलस – एनआरएन अमेरिकाको आसन्न निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी तिलक केसीले चुनाव हारेपनि आफु अदालत भने नजाने बताएका छन । आफ्नो चुनावी प्रचारको क्रममा लस एन्जलस आएका केसीले ‘कानुनी राज्यमा प्रजातान्त्रिक प्रकृयाबाट हुने निर्वाचनको परिणामलाई लिएर आफु अदालत भने नजाने’ बताए । विवादित तथा बहुचर्चित २०९३ फर्जी संख्याको सन्त्रास भने अझै रहेको केसीले बताए । ‘एउटै ब्यक्ती तीन तीन चोटी निर्वाचन आयुक्त बन्नु र ईलेक्सन रेडिमेड एक्सेल शीट पढिने सम्भावना अझै छ । निर्वाचनमा परिणाम आफ्नो पक्षमा पार्न विवादित २०९३ सदस्य संख्याको छांयां भने अझै बांकी छ’, केसी बताए । No description available.

‘सिन्डिकेट तोडौं, नेपाली जोडौं’ भन्ने नाराका साथ एनआरएनए अमेरिकाको अध्यक्ष पदका लागि निर्वाचनमा होमिएका केसीले ‘साझा एनआरएनए निर्माणका लागि आफुले चालेको अभियान निरन्तर जारी रहने र यसलाई निर्वाचनको मत परिणामले फरक नपार्ने बताए । राजनतिक आस्था, त्यसभित्रको गुट र आफ्नो पक्षमा परिणाम पार्ने प्रकृयाको एनआरएनए रहेकोले त्यो सिन्डिकेट तोड्नुपर्ने बताए । ‘भिजनभित्र प्रोग्राम बनाउनुपर्छ, प्रोग्रामभित्र भिजन होईन’ भन्दै केसीले ब्यवसायिक ब्यक्तित्वहरुको संलग्नताले निर्माण गर्ने योजनाहरुको एनआरएनए अमेरिका निर्माण आफ्नो अभियान रहेको बताए ।

एनआरएनए अमेरिकाको कार्यसमितिको बैठकमा फरक मतलाई सम्बोधन नगरिएको र साधारण सभा पनि आफ्नानुकुलका निर्वाचन आयुक्त मनोनयन गर्न मात्र आयोजना गरिएको आरोप केसीले बताए । ‘एनआरएनए अमेरिकाको कानुन तोडिने’ काम भएको आरोप लगाउंदै केसीले बिगतमा एनआरएनए अमेरिकाबाट आईसिसी सम्मेलनमा सहभागी हुने प्रतिनिधीहरु छान्ने क्रममा राजनीति भएको बताए । ‘तत्कालिन संयोजक डा. अर्जुन बन्जाडेलाई चुनौती दिन चाहन्छु, एनआरएनए अमेरिकामा जीवन दिएकाहरुलाई तिरस्कार गरेर छानिएको प्रतिनिधी प्रकृयाप्रती माफी माग्नुस्’, केसीले बताए ।No description available.

रेस्टुरेन्टमा ताम्-झामका साथ कार्यक्रम नगरी लस एन्जलस्थित श्रीपशुपतिनाथ फाउन्डेशनको सभा हलमा आयोजना गरिएको कार्यक्रममा यस क्षेत्रका अभिभावक बेदभक्त जोशीले सभापतित्व गरेका थिए । अवैतनिक महावाणिज्यदुत ॠषी ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रोफेसर रामेश्वर भन्डारीले स्वागत मन्तब्य दिएका थिए भने पशुपती बुद्ध मन्दिरका अध्यक्ष मुकुन्द ढुंगाना, उपाध्यक्ष बिमल श्रेष्ठ, महिला संजालकी लस एन्जलस अध्यक्ष सपना थपालियाले शुभकामना मन्तब्य दिएका थिए ।

कार्यक्रममा एनआरएनए अमेरिकाको आगामी निर्वाचनका लागि आईसिसी सदस्य पदका उमेद्वार रामबाबु पाण्डे, उपाध्यक्ष पदका उमेद्वार रोशन अधिकारी, सदस्य पदका उमेदवारहरु विजय ज्ञवाली, बिष्णु अधिकारी, ज्ञानेन्द्र गुरुङ्ग, क्यालिफोर्निया च्याप्टरका लागि अध्यक्ष पदका प्रत्यासी बिजय चौधरीले आ-आफ्ना मन्तब्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *