भर्जिनिया – एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि उपाध्यक्ष पदका उमेद्वार चन्द्र लामा बलिया उमेद्वारको रुपमा देखा परेका छन । एनआरएनए अमेरिकाको खेलकुद संयोजक लामा अध्यक्ष पदका प्रत्यासी कृष्ण लामिछानेको समुहबाट उपाध्यक्ष पदमा निर्वाचनमा होमिएका छन ।
जन्मभुमीका पूर्व राष्ट्रिय खेलाडी तथा नेपाल ओलम्पिक कमिटिका सदस्य रहेर काम गरेका लामा अमेरिकामा आयोजना हुने विभिन्न खेलकुद कार्यक्रमहरुमा सकृय सहभागिता जनाउंदै आएका छन । युवाहरुलाई खेलकुद मार्फत एनआरएनएमा जोड्न उपाध्यक्ष पदमा निर्वाचन लडेको बताउने लामा बिगत एक दशकदेखी भर्जिनिया (डीसी क्षेत्र)मा बसोबास गर्दै आएका छन ।
नेपाली युवाहरुलाई अमेरिका, जन्मभुमी नेपाल तथा युरोपमा आयोजना भएका खेलकुद कार्यक्रमहरुमा सहभागिता गराउंदै आफ्नो अभियानमा लागेका लामा खेलकुदको माध्यमबाट जन्मभुमी र कर्मभुमीको बिच पुलको रुपमा काम गर्ने बताउंछन । लामिछाने समुहले आयोजना गरेको हरेक चुनावी कार्यक्रमहरुमा बल दिन पुगेका लामा युवाहरुबिच लोकप्रिय र बलिया उपाध्यक्ष पदका उमेद्वारको रुपमा चिनिन्छन ।