२०८१ माघ ३ गते | 16th of January 2025

देउबाले ओलीलाई बुझाए १५ बुँदे ध्यानाकर्षण पत्र

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ ६ गते ११:१९

काठमाडौं-  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज सिंहदरबारमा भेटेर १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न तत्काल सबैलाई खोप लगाउने सुनिश्चित गर्न माग गर्दै देउवाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन्।

कोरोनाको तेस्रो लहर आएकोले त्यसबाट सुरक्षित राख्न तत्काल खोप ल्याएर सबै नागरिकलाई लगाउन देउवाको माग छ।खोप खरिदलगायतमा देखिएका अनियमितता छानविन गर्न पनि देउवाले माग गरेका छन्। अस्पतालहरूमा शय्यादेखि अक्सिजन अभाव देखिएकोले तत्काल व्यवस्थापन मिलाउन पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

नाकाहरूमा पिसिआरको अनिवार्य व्यवस्था गर्न, निम्न आय भएकाहरूलाई राहत उपलब्ध गराउन पनि देउवाको माग छ ।सरकारलाई ध्यानाकर्षण गराउन सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता रामशरण महतलगायत सिंहदरबार पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *