२०८१ वैशाख २० गते | 2nd of May 2024

प्रधानमन्त्री ओलीले भने – “मुड अफ भयो”

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ ६ गते १४:२९

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आजको फैसलाले आफनो मुड अफ भएको बताएका छन । आज बालुवाटारमा बसेको मन्त्रीपरिषदको आकस्मिक बैठकमा प्रधानमन्त्री ओलीले  बैठकमा यस्तो वताएको एक मन्त्रीले बताएका छन ।  उपचुनावले प्रधानमन्त्रीलाई रन्का छुटाएकै थियो, स्थायी कमिटी बैठक चलिरहँदा सर्वोच्च अदालतले गैर सांसद मन्त्रीहरूको नियुक्ति बदर गरिदियो ।

त्यसले प्रधानमन्त्रीको मुड अफ गराइदिएको एक मन्त्री बताउँछन् । लगत्तै बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले मुड अफ् भयो । केही अध्यादेशसम्बन्धी निर्णय गरौँ भनेको एक मन्त्रीले बताए । “सर्वोच्च अदालतको फैसलाले मेरो आज मुड अफ् छ । संसद्मा विश्वासको मत लिन सकिँदैन । अब धारा ७६(५) अनुसार सरकार गठन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ला,” प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक मन्त्री थप्छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *