काठमाडौँ – सत्तारुढ नेकपा एमालेले माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने भएको छ । शनिबार बेलुका बसेको एमाले स्थायी कमिटी बैठकले ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
झलनाथ खनाल, माधवकुमार नेपाल, भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मी कुमारी चौधरी र कल्याणी खड्कालाई एमाले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।