२०८१ वैशाख २१ गते | 3rd of May 2024

अमेरिकी सहायताको स्वास्थ्य सामग्री हस्तान्तरण

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ ८ गते १४:५८

काठमाडौँ  – अमेरिकाले नेपाललाई कोभिड-१९ विरद्धको लडाइमा साथ दिन स्वास्थ्य सामग्री सहयोग गरेको छ । अन्तर्राष्टिय विकासका लागि अमेरिकी सहयोग निकाय (यूएसएआईडी) र यहाँस्थित अमेरिकी राजदूतावासका अधिकारीहरूले संयुक्त रूपमा  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

अमेरिकी सहायताको यो पहिलो खेप हो । अमेरिकाले नेपाललाई खोपसमेत सहयोग गर्ने तयारी रहेको अवस्थामा स्वास्थ्य सामग्रीको यो पहिलो खेप आएको हो । सहयोग थप दुई खेप नेपाल आउने जनाइएको छ । मालबाहक अमेरिकी विमानबाट सहायता नेपाल आइपुगेको हो । यो सहयोग यूएसएआईडीमार्फत यसअघि अमेरिकाबाट प्राप्त सहयोगको अतिरिक्त सहायता भएको पनि मन्त्रालयले जनाएको छ । प्राप्त सहायता सामग्रीमा सर्जिकल मास्क, फेस सिल्ड, पञ्जा, १०० थान भेन्टिलेटर, कोरोना जीवाणु परीक्षण गर्ने उपकरण, एक हजार थान अक्सिजन सिलिण्डर, चिकित्सा अक्सिजन प्रयोगका निम्ति आवश्यक पर्ने अन्य वस्तु छन् ।  अमेरिकी सरकारले नेपाललाई अन्य सहयोग पनि उपलब्ध गराउँदै गएको छ । उसले खोप दिने मुलुकको सूचमिा नेपाल समेत पर्ने बताइएको छ । अमेरिकाले नेपालमा खोप दिनु पर्ने भन्दै दूतावासमा निवेदन हाले पनि त्यस प्रकारका नेपालीलाई अमेरिका तत्काल सहयोग अघि बढाएर जवाफ दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *