२०८१ मंसिर २२ गते | 7th of December 2024

प्रतिनिधिसभा बिघटन बिरुद्द एमाले नेता माधव नेपालसमुह सहितको प्रतिपक्षी गठबन्धन, राजनीतिक र कानुनी लडाइँ लड्ने उद्घोष

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ ८ गते १५:१३

काठमाडौं-  मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनावको मिति घोषणा गरेको विषयलाई ५ दलीय गठबन्धनले असंवैधानिक कदम भएको ठहर गर्दै त्यसलाई अस्वीकार गर्ने घोषणा गरेको छ । शनिबार राजधानीमा बसेको गठबन्धनको संयुक्त बैठक सो कदमविरुद्ध एकताबद्ध भइ राजनीतिक र कानुनी लडाइँ लड्ने उद्घोष समेत गरेको छ ।

गठबन्धनको बैठकपछि जारी गरिएको संयुक्त वक्तव्यमा  प्रतिनिधिसभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कार्यप्रति घोर भर्त्सना र निन्दा गरिएको छ । ‘राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय , अन्योल र अराजकता सिर्जना गर्ने असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्ध एकताबद्ध भइ राजनीतिक र कानुनी रुपमा सशक्त किसिमले प्रतिवाद गर्न हामी कटिबद्ध छौं’, काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी दुर्गा पौडेलले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *