२०८१ साउन ११ गते | 26th of July 2024

सरकारले बजेट अध्यादेशबाट ल्याउने

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ ९ गते १४:३७

काठमाडौं – सरकारले बजेट अध्यादेशबाट ल्याउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अध्यादेशबाट आउने बताएका बताएका छन् । आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले भने , “१५ गते बजेट स्वभाविक रुपमा अध्यादेशबाट आउने हो । त्यसको वाचन औपचारिक ढंगबाट एउटा औपचारिक कार्यक्रमका साथ गरिनेछ । त्यसको औपचारिक जारी गर्ने कुरा सम्माननीय राष्ट्रपतिबाट अध्यादेशको रुपमा हुनेछ ।”

सस्तो लोकप्रियता, चुनावको परिणाम आइसकेपछि देशको भविष्य र अर्थतन्त्रप्रति गैर जिम्मेवार भएर बजेट नआउने जिकिर पनि गरे । बजेटले कोभिड नियन्त्रणलाई प्राथामिकता दिने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *