२०८१ वैशाख २१ गते | 3rd of May 2024

नेजस न्युयोर्क च्याप्टरमा भाँडभैलो, यादव पण्डितको कार्यक्रम बहिस्कार

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ ९ गते २१:५६

न्युयोर्क – जनसंपर्क समिति न्युयोर्क च्याप्टरका अध्यक्ष रोसन ढुंगानाले ने बि संघको पुर्व महामन्त्री यादव पञ्डितलाई प्रमुख बक्ता बनाएर एकाएक कार्यक्रम आयोजना गरेकोप्रति कार्यसमितिका संपुर्ण पदाधिकारी र सदस्यहरुले बिरोध जनाउँदै कार्यक्रम बहिस्कार गरेका छन । बिगतमा त्यहि कार्यसमितिलाई हराउँन लागिपरेका ब्यत्तिलाई नै आफ्नो क्षणिक स्वार्थका लागि एकलौटी ढंगले कार्यक्रम राखिएको भन्दै अध्यक्ष ईतरका संपुर्ण सदस्यले आफ्नै अध्यक्षमाथि अविस्वास गर्दै असहमति जनाएका हुन ।

यसरी अध्यक्ष रोशन ढुंगाना बाहेक अरु कोही सदस्य कार्यक्रममा उपस्थित नभएपछि केन्द्रिय महासचिव मुनिन्द्र नेम्वाङ लगायत ८/१० जना सहभागीहरुमै उक्त कार्क्रम खुम्चिएको छ । जसले गर्दा कार्यक्रम पुर्ण रुपले असफल भएको छ । न्युयोर्क जस्तो महत्वपुर्ण च्याप्टरमा भब्य र तामझाम सहित गर्ने भनिएको उक्त कार्यक्रम यति सानो संख्यामा खुम्चिएको सायद पहिलो घटना हो ।

बिगतमा नेपाली जन सम्पर्क समिति अमेरिकाको केन्द्रीय महासचिव मुनिन्द्र नेम्बाङको पकडमा रहेको भनिएको न्यूयोर्क च्याप्टरमा अहिले च्याप्टर अध्यक्ष रोशन ढुंगाना बाहेक कोही साथमा नरहेपछि महासचिव नेम्वाङको टिममा पनि पहिरो गएको छ ।

च्याप्टर महासचिव महेश मल्ल र सचिव अनिल राज पाण्डेलाई सम्पर्क गर्दा वहाँरु यस बिषयमा बोल्न चाहनु भएन । समितिका एक सदस्यका अनुसार रोशन ढुंगाना बाहेक बाँकी संपुर्ण सदस्यहरुको उक्त कार्यक्रममा समर्थन र उपस्थिति समेत नरहेको कुरा बताए। स्रोतका अनुसार कार्यसमितिको कुनै निर्णय र जानकारी बिना अध्यक्षले मनोमानी गरेको बिषयमाथि गम्भिर समिक्षा गर्दै कार्य समितिका बाँकी सबै सदस्यहरुले चाँढै आवस्यक निर्णय लिईने कुरा समेत जानकारीमा आएको छ ।

बिगतको जनसंपर्क समिति र एन आर एनको चुनावमा समेत उम्मेद्बारी दिएका महासचिव महेश मल्ल र अनिल राज पाण्डे लगायतलाई यादव पण्डित लगायतको समुहले ब्यक्तिगत रुपमै मैदानमै उत्रिएर हराउन भुमिका खेलेको कारण पनि आज आएर यो अवस्था आएको सहजै अनुमान गरिएको छ । यस घटनाले सोहि समयदेखि नै साथ दिंदै आएको महासचिव मुनिन्द्र नेम्वाङलाई काँध थापेर हिंड्ने ठुलो समुहले उनका गतिबिधिमाथि प्रश्न उठाउँदै भोलिको बाटो तय गर्ने संभावना पनि देखिएको छ ।

बिगत लामो समयदेखि नै नेम्वाङलाई जनसंपर्क र एनआरएन लगायतका मुद्दामा काँध हालेर हिंडने एउटा ठुलो समुहको यो असहमतिले अबको जनसंपर्क समिति र एनआरएन निर्वाचन समिकरणमा समेत अर्थपुर्ण महत्व राख्ने जानकारहरु बताउँन थालेकाछन् । यसको प्रत्यक्ष प्रभाव एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा पनि देखिने प्रष्ट भएको छ ।

सँधै एनआरएन अमेरिकामा डा केशव पौडेलको बेथिती र बिसंगतिमाथि प्रहार गर्दै बिगत दुईवटा चुनावमा बैकल्पिक उम्मेद्वारी समेत दिएर बेथितिका बिरुद्धमा लड्दै आएको मानिएको यो समुहको नेतृत्वमा ब्यक्तिगत स्वार्थ्यका लागि एकाएक भएको स्खलनका कारण भित्रैबाट मतभिन्नता प्रकट हुँदै आएको थियो । त्यसको प्रत्यक्ष असर आजको कार्यक्रममा छताछुल्ल पोखिएको छ । यसरी आफ्नै बिरोधी खेमासँग नेतृत्वले गरेको एकाएक साँठगाँठ प्रति बाँकि रहेका तमाम सहयोद्धा हरुको असहति छताछुल्ल भएको हो ।

स्मरण रहोस २०१४ को जुन महिनामा ३ बर्षका निमित्त रोसन ढुंगानाको नेतृत्वमा उक्त कमिटि निर्वाचित भएको थियो भने यस संस्थाका केन्द्रिय अध्यक्ष आनन्द बिष्ठलाई समयमा अधिवेशन नगरेर संस्थालाई बदनाम गराएको आरोप समेत लाग्दै आएको छ । यसरी सात आठ बर्षसम्म संस्थाको अधिवेशन नगरी पदमा बसेर एकलौटी गरेको भन्दै जनसंपर्क समिति अमेरिकाको चर्को आलोचना बिच बिभिन्न बिद्रोही समितिहरु जन्मिरहेका बेला न्युयोर्क र अमेरिकामै प्रभाव राख्ने यो ठुलो बैचारिक समुह भित्रै गएको पहिरोले अमेरिकी डायस्पोरामा कस्तो प्रभाव राख्ला भोलिकै दिनले बताउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *