२०८१ वैशाख २४ गते | 6th of May 2024

डालसमा लामिछाने समुहको प्रचार समापन : भब्य उपस्थितिको बलियो साथ

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ ११ गते १६:४४

डलास – आफ्नो सामाजिक यात्राको निरन्तरतालाई एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि अध्यक्ष पदको सम्भावित विजेताको सिढींमा उभ्याएका कृष्ण लामिछाने र उनको समूहले टेक्सास राज्यको ड्यालसमा भब्य चुनावी प्रचारको समापन तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । प्रवासी नेपालीहरुको सबैभन्दा ठुलो गौरब डलासको नेपाली मन्दिरमा आफ्ना टीम, समर्थक र शुभेच्छुकहरुको साथले खचाखच भरिएको सभा हलमा लामिछानेलाई सबैको दरिलो साथ रहेको देखिन्थ्यो ।May be an image of 13 people and text that says 'कृष्ण लामिष्ाने (अध्यक्ष) कृष्ण जिबी पन्थ (बरिष्ठ उपाध्यक्ष) एनआरएनए अमेरिका २०२१-२०२३ बिनोद भट्ट (महासचिव) NRN NRNA सामा एनआरएन निर्माणको लागि साभा उमेदवार दिक्षा बस्नेत (महिला उपाध्यक्ष) बिकास उप्रेती (उपाध्यक्ष) घन्द्र लामा (उपाध्यक्ष) प्रविण केसी (उपाध्यक्ष) पुर्ण घन्द्र बानिया (उपाध्यक्ष) द्रोण गौतम (सचिव) सुनिता कंडेल सापकोटा (महिला सचिव) बिकल ढकाल (सह-कोषाध्यक्ष) सुनिता खत्री (महिला संयोजक) बिजय (ओम) गुरुड (युवा संयोजक)'

कार्यक्रममा एनआरएनए आइसीसी सचिव गौरीराज जोशी, आइसीसी सल्लाहाकार हरिबोल भण्डारी, कांग्रेस नेता विष्णु सुवेदी लगायतले लामिछाने समूहलाई आफुहरुको पूर्ण साथ र समर्थन लामिछाने समुहलाई रहेको भन्दै सबैलाई सहयोग गरी लामिछाने समुहलाई विजय गराउन आह्वान गर्नु भयो ।

कार्यक्रममा आइसीसी सदस्यहरु होमनाथ गौतम, यमुना भट्टराई, एनआरएन अमेरिकाज् क्षेत्रीय महिला संयोजक उमा कार्की थापा, नेजस नेताहरु उज्जवल खत्री, गुप्तराज जोशी लगायतले सम्बोधन गर्नु हुदैं एनआरएन अमेरिकामा लामिछाने टिम सर्वोत्कृष्ठ भएको बताउनु भयो ।No description available.

नेपाल मन्दिरका संस्थापक सभापति मुरली अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा हरिहर विरही, तारा बराल, शैलेश आचार्य, प्रमोद सिटौला, हेमराज भट्ट, रा.प्र.पाका सह-महामन्त्री प्रेम श्रेष्ठ, लोक तिवारी, विजय भट्टराई, लाक्पा ग्याल्मो, फिलिप केसी, सुन्दर कर्माचार्य, कमल सत्यालले लामिछाने समूहलाई पूर्ण समर्थन जनाउँदै विजयका लागि सहयोग गर्न आह्वान गर्नु भयो ।No description available.

कार्यक्रममा नेपाल मन्दिरका संस्थापक सभापती डा. मुरली अधिकारीले कृष्ण लामिछानेलाई सबै एकजुट भएर जिताउन आह्वान गर्नुभयो । उहाँले लामिछाने हार्दा सिंगो नेपाली समाजले हार्ने भन्दै टेक्सासबासी एक भएर जिताउँदा सम्पूर्ण एनआरएनले जित्ने बताउनु भयो ।No description available.

कार्यक्रममा ड्यालसबासी नेपालीबाट समर्थनको ओइरो नै लागेको थियो । कार्यक्रममा सम्बोधन गर्नु हुदैं अध्यक्षका उम्मेदवार लामिछानेले एनआरएनए अमेरिकालाई आसन र भाषण मात्र नभई सबै प्रवासी नेपालीहरुको साझा संस्था बनाउने प्रण गर्नु भयो ।सायद १० जना मानिसहरू, उभिएका मानिसहरू, बसिरहेका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छ

एनआरएनए अमेरिकाका वर्तमान उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी कृष्ण जिबी पन्थ, उपाध्यक्ष पदका उमेद्वारहरु बिकास उप्रेती, प्रबिण केसी, चन्द्र लामा, पूर्ण बानियां, महिला उपाध्यक्ष पदकी उमेद्वार दिक्षा बस्नेत, महासचिव पदका उमेद्वार बिनोद भट्ट, सचिव पदका उमेद्वार द्रोण गौतम, महिला सचिव पदकी उमेद्वार सुनिता कंडेल सापकोटा, महिला संयोजक पदकी उमेद्वार सुनिता खत्री, युवा संयोजक पदका उमेद्वार बिजय ओम गुरुङ्ग, आईसिसी सदस्य पदका उमेद्वार रामबाबु पाण्डे, रविन बज्राचार्य, अमृत सापकोटा, उत्तम कार्की, सञ्जय थापा, जीवन शाही, बिन्दु सापकोटा, लगायत लामिछाने समुहबाट बोर्ड अफ डाईरेक्टर पदमा निर्वाचन लडेका उमेद्वारहरु पनि कार्यक्रममा उपस्थित थिए ।May be an image of 12 people and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *