काठमाडौं – नेकपा (एमाले)का कारबाहीमा परेका नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित १५ स्थायी कमिटी सदस्यहरूले ओलीविरुद्ध निर्णायक संघर्षमा होमिन अपिल गरेका छन् । बुधबार विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्री केपी ओलीका निरंकुश र प्रतिगामी कामकार्वाईका विरुद्ध एकता र सहकार्यका लागि सबै नागरिकलाई आह्वान गरेका हुन् ।