गोकुल ढकाल – आजको तीन दिनपछी अथवा मे २९ र ३० तारिख हुने एनआरएनए अमेरिकाको निर्वाचनको लागि उमेदवारहरुको चुनावी प्रचार प्रसार सकिएको छ । अध्यक्ष पदका प्रत्यासीहरुले नेपाली समुदाय सकृय रहेको सबै राज्यहरुमा आफ्ना समुहका उमेदवारहरुको साथमा समुदायिक भेट तथा प्रचारको कार्यक्रम सम्पन्न गरेका छन ।
केही दिन पहिले टेक्सासको डालसमा सम्पन्न नेजा – एनआरएनए अमेरिका अध्यक्षका प्रत्यासीहरुसंगको प्रत्यक्ष बहस पछी निर्वाचन आयोगको आचारसंहिताको कारणले भोलीदेखी उमेद्वारहरुको चुनावी कार्यक्रम सकिनेछ । अमेरिकाका बिभिन्न राज्यहरुमा सामुदायिक भेटले सम्भावित बिजेता मानिएका अध्यक्ष पदका प्रत्यासी कृष्ण लामिछाने समुहबाट समावेशी उमेद्वारहरुको रुपमा एनआरएनए आईसिसी सदस्य पदका दरिला खम्बाहरु समाहित छन ।
१. रामबाबु पाण्डे :
लस एन्जलसलाई कर्मक्षेत्र बनाएर बिगत लामो समयदेखी सामाजिक कार्यमा सकृय रामबाबु पाण्डे कृष्ण लामिछाने समुहबाट एनआरएनए अमेरिकाले निर्वाचित गर्ने आईसीसी सदस्य पदका उमेद्वार रहेका छन । एनआरएनए अमेरिका उपाध्यक्ष पदमा निर्वाचन लड्ने सोच बनाएका पाण्डेले अन्तमा समुहलाई सघाउंदै आईसिसी सदस्य पदमा उमेदवारी दिएका हुन ।![May be an image of Ram Babu Pandey, standing and text that says 'नेपालीका लागि नेपाली" NRNA साभता एनआरएन निर्माणको लागि राम बाबु पाण्डे (उमेदवार) एनआरएनए आईसीसी सदस्य (२०२१-२०२३) VISION 2021-23 VOTE 562-413-6800'](https://scontent-lax3-2.xx.fbcdn.net/v/t1.6435-9/176364737_10219728120369614_8215800401942185226_n.jpg?_nc_cat=106&ccb=1-3&_nc_sid=8bfeb9&_nc_ohc=dtGTmbDBsZUAX_TDRoY&_nc_ht=scontent-lax3-2.xx&oh=cad346665a334b19e40a4090a5b7b718&oe=60D46C79)
लामिछाने समुहले आयोजना गरेको प्रायजसो चुनावी कार्यक्रममा सहभागी रहेका एनआरएनए अमेरिका क्यालिफोर्निया च्याप्टरका पुर्व अध्यक्ष पाण्डे लस एन्जलसमा सामाजिक सेवा र सकृयताका लागि चर्चित छन । एनसिसी र आईसिसीका बिभिन्न टास्क फोर्समा रहेर काम गरेका पाण्डे सम्भावित विजेताका रुपमा चिनिन्छन ।
२. रविन बज्राचार्य :
एनआरएनए अमेरिकादेखी आईसिसीसम्म बहुतै चर्चित पात्रको नाम हो, रविन बज्राचार्य । एनआरएनए आईसिसीको बिधान निर्माण समितिमा बसेर लामो समय काम गरेका उनीलाई एनआरएनएको कानुनको अक्षरश: बुझेका ब्यक्तीका रुपमा चिनिन्छ । न्यूयोर्कलाई कर्मक्षेत्र बनाएर एनआरएनएमा लामो समयदेखी सकृय बज्राचार्य मनमा लागेको बिषय खोलिहाल्ने प्रष्टवक्ताका रुपमा चिनिन्छन ।![May be an image of Rabin Bajracharya, standing and text](https://scontent-lax3-1.xx.fbcdn.net/v/t1.6435-9/189794897_10165426534255207_1341044631644752987_n.jpg?_nc_cat=110&ccb=1-3&_nc_sid=8bfeb9&_nc_ohc=N_nfdC9fMeMAX8bHYdv&_nc_ht=scontent-lax3-1.xx&oh=0aaa0883587e9b3007fd4cf4d46dc0e5&oe=60D47275)
वरिष्ठ उपाध्यक्ष पदका उमेद्वार रहेका बज्राचार्य लमिछाने समुहको जीतको लागि समुहमा हात मिलाउंदै साझा एनआरएनए निर्माणका लागि पछी आईसिसी सदस्य पदमा निर्वाचनमा होमिएका छन । लामिछाने समुहको हरेक निर्वाचन कार्यक्रममा सहभागी बनेका उनी सम्भावित विजेताका रुपमा चिनिन्छन ।
३. अमृत सापकोटा :
नुवाकोटका अमृत सापकोटा डालसलाई कर्मक्षेत्र बनाएर सफल ब्यवसायिक जीवनसंगै सामाजिक कार्यक्रममा सकृय पात्र हुन । एनआरएनए अमेरिकाको वर्तमान कार्यसमितिका लागि वरिष्ठ उपाध्यक्ष पदमा झिनो मतले हारेका सापकोटा सोझा सामाजिक अभियान्ताका रुपमा चिनिन्छन । कम बोल्ने स्वभावका सापकोटालाई उनकै मित अमृत कट्टेलले मित्रवत सहयोगका लागि आईसिसी सदस्य पदका लागि स्थान खाली गरिदिएका छन ।![May be an image of Amrit Sapkota and text that says 'नेपालीका लागि नेपाली" NRNA साभत्र एनआरएन निर्माणको लागि अमृत उमेद्वार सापकोटा आईसीसी सदस्य (२०२१-२०२३) VISION 2021-23 VOTE 214-404-6487'](https://scontent-lax3-1.xx.fbcdn.net/v/t1.6435-9/178548229_10165731734575019_8605128380721582368_n.jpg?_nc_cat=108&ccb=1-3&_nc_sid=8bfeb9&_nc_ohc=dFqwEC-epWEAX9qM1M3&_nc_ht=scontent-lax3-1.xx&oh=cf0c0f2685936045b02e85217c7c8f2d&oe=60D2CDB1)
स्मरणीय छ, एनआरएनए अमेरिकाका वर्तमान सचिव कट्टेल पनि आईसिसी सदस्य पदका उमेद्वार थिए । तर आफ्नै मित सापकोटालाई आईसिसी सदस्य पदमा बिजयको पुकारासंगै कट्टेलले समर्थन गरेका हुन । डालसका चिर परिचित सापकोटा आईसिसी सदस्य पदका सम्भावित विजेताको रुपमा चिनिन्छन ।
४. सन्जय थापा :
एनआरएनए अमेरिकाको बहुतै परिचित पात्रको नाम हो, सञ्जय थापा । एनआरएनए अमेरिकाको गत निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी रहेका थापा न्यूयोर्कका सरकारी जागिरे हुन । पारिवारिक रुपमा सम्पन्नताले संस्थालाई समय दिनसक्ने अभियान्ता थापालाई नेजसको संस्थापन पक्षको पनि साथ रहनेछ । नेजस अमेरिकाका अध्यक्ष आनन्द बिष्टका अत्यन्तै घनिष्ट मित्र थापा सम्भावित बिजेता पक्कै हुन ।![May be an image of Sanjay Thapa, standing and text that says '"FOR NEPALI BY NEPALI" Ho Nepali Assodaia NRNA SANJAY THAPA CANDIDATE NRNA ICC MEMBER 2021-2023 sthapaktm@hotmail.com SANJAY THAPA VERS +1 917-703-3195'](https://scontent-lax3-1.xx.fbcdn.net/v/t1.6435-9/186525600_10159357015813582_2227174876388924454_n.jpg?_nc_cat=110&ccb=1-3&_nc_sid=09cbfe&_nc_ohc=FtQuOwlJtCsAX9dAC6I&_nc_oc=AQlX_tl5bXBa9YtYSkc9KF9nV2kjBK0nZ9q3kkxrpMhJmr5c-g6kjxnvbCXoYXDix-b4ITLShdgo0iiMO44VKtGb&_nc_ht=scontent-lax3-1.xx&oh=4c755f5eabf9d4ccf4bb2bfd7af6546e&oe=60D28CB9)
नेपालमा नै राजनैतीक संलग्नताले पार्टीको ठुलो पदमा रहेरा काम गरेका थापा प्रष्टवक्ता र धाराप्रवाह वाकशैलीका रुपमा पनि परिचित छन । एनआरएनए अमेरिकाको अध्यक्ष पदमा निर्वाचन लडिसकेका थापालाई बिभिन्न सम्भावना हुंदाहुंदै पनि लामिछाने समुहबाट आईसिसी सदस्य पदमा निर्वाचनमा होमिएका छन ।
प्रवासी नेपाली मन्चका पुर्व अध्यक्ष थापा वर्तमान सरकारसंग मिठो सम्बन्ध भएका ब्यक्ती हुन । लामिछाने समुहबाट थापाको आईसिसी सदस्य पदको उमेद्वारीले थापा मात्र होईन, लामिछाने समुहलाई पनि विजयको लागि ठुलो टेवा पुगेको अनुमान गरिन्छ ।
५. बिन्दु सापकोटा :
सानफ्रान्सिस्कोलाई कर्मक्षेत्र बनाएर सामाजिक कार्यक्रममा सकृय बिन्दु सापकोटा निरौला एनआरएनए अमेरिकाबाट आईसिसी सदस्य पदमा लडेकी एक्ली महिला हुन । महिला आवाज, सहभागीता र समावेशिताको आवाज दिनेहरुका लागि सापकोटा यसपटक चुनौती हुन । नेपाली समुदायका ठुला ठुला कार्यक्रमहरुमा सांस्कृतिक कार्यक्रम जोडेर सुन्दरता थपिदिने कलाकार सापकोटा एनआरएनए अमेरिकाका साधारण सभा तथा अन्य कार्यक्रमहरुमा सांस्कृतिक कार्यक्रमको जिम्मा लिने गर्दछिन ।![May be an image of Bindu Sapkota, standing and text that says '"FOR NEPAL BY NEPALI" "महिलाको उपस्थिति, सांस्कृतिक पहिचान सबल सक्षम २ समावेशी एनआरएन" NRNA NCC-USA sreciata Nepali BINDU NIROULA SAPKOTA Candidate for ICC MEMBER NRNA NCC USA 2021-2023 408-784-5051 84-5051 niroulabindu@gmail.com'](https://scontent-lax3-2.xx.fbcdn.net/v/t1.6435-9/191189304_4916377208378404_3594588101114193811_n.jpg?_nc_cat=106&ccb=1-3&_nc_sid=8bfeb9&_nc_ohc=ODlVghoJe8QAX985FFn&_nc_oc=AQmXPuzyT75GfTLvH-SqLQYEknJOoWPND5afsC0l_VRzXikNhWfIFxCoEIbcvTebnk3-YCOKKAfxV4aymqGU71R5&_nc_ht=scontent-lax3-2.xx&oh=6c595280cd9d81069477830c2ecb1989&oe=60D3C395)
नाच कला, बालबालिकाहरुलाई नाच शिक्षा र सामाजिक सकृयतालाई संगै लिएर हिंडेकी सापकोटा अमेरिकाबाट आईसिसी सदस्य पदमा निर्वाचन लड्ने एक्ली भाग्यमानी हुन । महिलाको प्रतिनिधित्वको लागि पनि एनआरएनए अमेरिकाले उनलाई निर्वाचित गराउनुपर्ने बाध्यता छ । भलै सापकोटा आँफैमा त्यो पदका लागि योग्य छिन् ।
६. उत्तम कार्की :
नेजस अमेरिकाका पुराना नेता उत्तम कार्की क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को शहरलाई कर्मक्षेत्र बनाएर सामाजिक अभियानमा निरन्तर लागिपरेका ब्यक्तित्व हुन । नेजसमा उनको दरिलो पकड छ । सान्फ्रान्सिस्कोका हरेक सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएका कार्की सान्फ्रान्सिस्कोको पुरानो नेपाली संस्था न्यान्सका पुर्व अध्यक्ष समेत हुन ।![May be an image of 1 person, standing and text that says '"नेपालीका लागि नेपाली NRNA साभत एनआरएन निर्माणको उत्तम कार्की लागि उमेदवार आईसीसी सदस्य (२०२१-२०२३) VISION 2021-23 VOTE 510-620-4397'](https://scontent-lax3-2.xx.fbcdn.net/v/t1.6435-9/189886686_902425973931930_5874223442049130928_n.jpg?_nc_cat=100&ccb=1-3&_nc_sid=8bfeb9&_nc_ohc=Svjx7fT9TX0AX9jlix8&_nc_ht=scontent-lax3-2.xx&oh=175e125a267909810f294f9c86f3dffc&oe=60D42138)
स्थानियस्तरमा सामुदायिक केन्द्र स्थापनाको लागि दिलोज्यानले लागेका कार्की अमेरिकी राष्ट्रपतीबाट सामुदायिक सेवा पदक प्राप्त गर्ने पात्र हुन । लामिछाने समुहको चुनावी कार्यक्रममा सकृय सहभागीता जनाएका कार्की सम्भावित बिजेताको रुपमा देखिन्छन ।
७. महेन्द्र बस्नेत :
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका सहपाठी तथा अत्यन्तै घनिष्ट मित्र महेन्द्र बस्नेत पनि लामिछाने समुहको तर्फबाट एनआरएनए अमेरिकाले निर्वाचित गर्ने आईसिसी सदस्य पदका लागि उमेद्वार रहेका छन । अमेरिकाभर आफ्ना मित्र र नातागोता धेरै भएका बस्नेत नेजसभित्र नेटवर्कसंगै धेरै भोट भएका पात्रका रुपमा चिनिन्छन । लामो राजनैतीक सकृयता र सामाजिक सेवामार्फत आईवा राज्यमा सफल ब्यवसायिक जीवन बिताउंदै आएका बस्नेत पनि सम्भावित बिजेताका रुपमा चिनिन्छन ।![May be an image of Mahendra Basnet and text that says '"FOR NEPALI, BY NEPALI" NRNA @ Ma.. Nepall MAHENDRA BASNET (CANDIDATE) ICC MEMBER 2021-2023 समुदायमा सदभाव २ सहयोग बाँडों मातृभूमिको लागि एनआरएनएमा जुटी Cell: +1309-721-9832 ELECTION DATE: MAY 29-31, 2021 mahendrabasnet@hotmail.com'](https://scontent-lax3-2.xx.fbcdn.net/v/t1.6435-9/191480368_10165614402545650_1718763782624471785_n.jpg?_nc_cat=106&ccb=1-3&_nc_sid=8bfeb9&_nc_ohc=gfzJ3F8GxZgAX9Y02wh&_nc_ht=scontent-lax3-2.xx&oh=0e7a42f3cc543358cb281b7383d60c9b&oe=60D4C7CF)
एनआरएनए आईवा च्याप्टरका संस्थापक अध्यक्ष रहेका बस्नेत हाल आईसिसीको टास्क फोर्समा रहेर काम गरिरहेका ब्यक्तित्व हुन ।
८. जीवन जोशी :
टेक्सास राज्यको डालस शहरलाई आफ्नो कर्म क्षेत्र बनाएर लामो समयदेखी एनआरएनए अभियानमा जुटेका जोशी लामिछाने समुहबाट आईसिसी सदस्य पदका सम्भावित विजेता हुन । एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि उपाध्यक्ष पदका सम्भावित उमेद्वार रहेका सामुहिक विजयको लागि लामिछाने समुहलाई सहयोग गर्दै आईसिसी सदस्य पदका उमेद्वार रहेका छन ।![May be an image of 1 person and text that says '"नेपालीका लागि नेपाली" NRNA साभता एनआरएन निर्माणको लागि जीवन कुमार जोशी (उमेदवार) एनआरएनए आईसीसी सदस्य (२०२१-२०२३) VISION 2021-23 VOTE 817-907-0005'](https://scontent-lax3-2.xx.fbcdn.net/v/t1.6435-9/191847677_314472550212144_2905973235002418262_n.jpg?_nc_cat=103&ccb=1-3&_nc_sid=8bfeb9&_nc_ohc=t6fiuwJt3OkAX-reLXl&_nc_ht=scontent-lax3-2.xx&oh=aca4eed1a183a534ccde0433144895e6&oe=60D40A9A)
एनआरएनए अमेरिकाको वर्तमान कार्यसमितिमा सदस्य रहेका जोशी त्यसभित्र काम गर्ने सदस्यका रुपमा चिनिन्छन । लामिछाने समुहालै सञ्जय थापाको सहयोग जस्तै जोशीको सहयोग र उमेद्वारीले पनि समुहलाई थापा बलियो बनाएको आंकलन गरिन्छ ।
र,
९. प्रितीसागर खत्री :
नेपालमा विद्धार्थी राजनीतिका चर्चित पात्र प्रितीसागर खत्रीको नामै अमेरिकी नेपाली समुदायमा चर्चित छ । रबिन्द्र अधिकारी, पुरुषोत्तम बोहोरा लगायतका समकालिनसंग राजनीति गरेका खत्री अस्कल कलेजका चर्चित स्ववियु सभापती हुन । थापा र जोशीको लामिछाने समुहलाई साथ रहेको जस्तै प्रितीको पिरती लामिछाने समुहलाई विजयोन्मुख बनाउने एउटा ईट्टा हुनेछ ।![May be an image of 1 person and text that says '"नेपालीका लागि नेपाली" NRNA प्रिती साभत एनआरएन निर्माणको लागि सागर खत्री उमेदवार एनआरएनए आईसीसी सदस्य (२०२१-२०२३) VISION 2021-23 VOTE 3 pskhatri52@gmail.com 502-442-1096'](https://scontent-lax3-2.xx.fbcdn.net/v/t1.6435-9/191308571_10208585135382703_2240312333390478375_n.jpg?_nc_cat=100&ccb=1-3&_nc_sid=8bfeb9&_nc_ohc=nuvK8jaZ-twAX_98dP8&_nc_ht=scontent-lax3-2.xx&oh=19334e19944f1ae184f031ddaa2bc6b3&oe=60D4C583)
एनआरएनए अमेरिकाको पुर्व बोर्ड सदस्य तथा प्रवासी नेपाली मन्चका प्रभावशाली नेता खत्री आईवा राज्यमा ब्यवसायिक जीवनसंगै एनआरएनएमा समाहित छन । प्रवासीको भोट, लामिछाने समुहको साथ राजनीतिको जोशिलो उमंग र सम्पर्कलले खत्रीलाई विजेताको रुपमा हेर्ने धेरै पात्रहरु छन ।