२०८२ फागुन ३० गते | 14th of March 2026

स्वास्थ्यमा एक खर्ब २२ अर्ब रुपैयाँ बजेट

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ १५ गते १५:३८

काठमाडौं –  अध्यादेशमार्फत् प्रस्तुत गरिएको महामारी नियन्त्रण र रोकथामकेन्द्रित भनिएको आर्थिक वर्ष २०७८/७९ को बजेटमा नेपाल सरकारले सवा एक खर्ब रुपैयाँ स्वास्थ्य मन्त्रालयतर्फ विनियोजन गर्ने प्रस्ताव गरेको छ। अर्थतन्त्रमा अभूतपूर्व सङ्कट परिरहेको अनि कोरोनाभाइरस महामारीको घातक दोस्रो लहर बेहोरिरहेको समयमा प्रस्तुत बजेटमा एक खर्ब २२ अर्ब रुपैयाँ स्वास्थ्य मन्त्रालयका क्षेत्रका निम्ति छुट्ट्याइएको छ।

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि बजेटले साढे ३७ अर्ब रुपैयाँ छुट्ट्याएको छ। खोप सबै योग्य नागरिकलाई दिनका निम्ति बजेटले २६ अर्ब ७५ करोड रुपैयाँ छुट्ट्याएको छ। “कोभिड-१९ को रोकथाम नियन्त्रण, उपचार र खोपको सुनिश्चितताका लागि बजेट अभाव हुन दिइनेछैन,” बजेट वक्तव्यका क्रममा अर्थमन्त्री विष्णु पौडेलले भने। गत आर्थिक वर्षमा सरकारले स्वास्थ्य क्षेत्रका लागि रु ९० अर्बभन्दा केही बढी रकम विनियोजन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *