२०८१ वैशाख २० गते | 2nd of May 2024

बजेटप्रति जवाफदेही छौं : अर्थमन्त्री पौडेल

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ १६ गते १३:३३

काठमाडौं  -अर्थमन्त्री  विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयन गरेर देखाउने बताउनु भएको छ । ‘बजेट सुनाउनका लागि होइन । कार्यान्वयनका लागि ल्याइएको हो । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले भन्नु भयो-‘बजेटप्रति जवाफदेही छौं ।’ अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा नभएका बेला संवैधानिक प्रावधान अनुसार बजेट प्रस्तुत गरेको उल्लेख गर्दै त्यसमा दुविधा नराख्न आग्रह गर्नुभयो । उहाँले कुनै ठाउँमा बसेर केही नेताले बक्तव्य दिँदैमा सरकारको बैधानिकता खण्डित नहुने बताउनुभयो । अर्थमन्त्री पौडेलले संविधान अनुसार ल्याउनै पर्ने भएर जेठ १५ गते बजेट ल्याएको भन्दै मतदाता प्रभावित गर्नका लागि बजेट नल्याएको स्पष्ट पार्नुभयो ।

कोभिड-१९ ले सिर्जना गरेको चुनौतीलाई सामना गर्ने गरी बजेट आएको भन्दै उहाँले  समयमा खोप ल्यायो भन्ने गरी काम गर्ने बताउनुभयो ।अर्थमन्त्री पौडेलले बजेटको कार्यान्वयनका लागि व्यवस्थित योजना बनाएर अघि बढने जानकारी  दिनुभयो । अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका साथै खोपको व्यवस्था गरेपछि आर्थिक पुनर्उत्थान हुने विश्वासकासाथ बजेट आएको बताउनुभयो ।राजस्व सचिव रामशरण पुडासैनीले नयाँ कर लगाएको नभइ कानून बमोजिम सामान्य समायोजन गरेको बताउनुभयो ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *