अमेरिका – एनआरएनए अमेरिकाको अध्यक्ष पदमा बुद्धी सुवेदी बिजयी भएका छन । उनले ५६१८ मत प्राप्त गरी बिजयी भएका छन । वरिष्ठ उपाध्यक्ष पदमा कृष्ण जिबी पन्थले ६८५० मत प्राप्त गरी बिजयी भएका छन । निर्वाचन आयोगले न्यूयोर्कबाट अहिले भर्खर सार्वजानिक गरेको परिणाम अनुसार १५७६८ जना अर्थात करिब ७८.३२ प्रतिशत मतदाताले निर्वाचनमा भाग लिएको एनआरएनए अमेरिकाको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित भएका छन ।
निर्वाचन परिणाम सार्वजानिक कार्यक्रममा एनआरएनए आईसिसी उपाध्यक्ष सोनाम लामा, आईसिसी प्रतिनिधी कमल सत्याल, लामिछाने समुहबाट प्रदिप वस्ती, बन्जाडे समुहबाट शुभस लामा र सुबेदी समुहबाट सुवेदी सहभागी थिए ।
महासचिव पदमा अन्जन चौलागाईंले ६२१२ मत प्राप्त गरी बिजयी भएका छन ।