२०८१ वैशाख २१ गते | 3rd of May 2024

एनआरएनए अमेरिका निर्वाचन २०२१-२०२३, निर्वाचित पदाधिकारीहरु

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ १७ गते १६:४१

अमेरिका – एनआरएनए अमेरिकाको अध्यक्ष पदमा बुद्दीसागर सुवेदी निर्वाचित भएका छन । कुल २०१३८ मतदाता रहेको सबैभन्दा ठुलो एनसिसी एनआरएनए अमेरिकामा १५७६८ मतदाताले निर्वाचनमा भाग लिएका थिए । आफ्ना निकटतम प्रतिद्वन्दी कृष्ण लामिछाने  ३५० भोटले पछी पार्दै सुवेदी शक्तिशाली एनआरएनए अमेरिकाको अध्यक्ष पदमा आफ्ना बहुमत पदाधिकारीहरु र सदस्यहरु सहित निर्वाचित भएका छन ।

निर्वाचनमा डा. अर्जुन बन्जाडे तेस्रो भए भने सिन्डिकेटको नारा सहित लडेका तिलक केसी चौथो भए । सुवेदीले कुल मतको ३६ प्रतिशत अर्थात ५ हजार ६ सय १८ मत ल्याई विजयी भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी कृष्ण लामिछानेले ५ हजार २ सय ६८ मत ल्याएका छन् भने डा. अर्जुन बञ्जाडेले ४ हजार १ सय भोट ४८ मत ल्याए । यसैगरी ५६७ मत ल्याई तिलक केसी चौथो स्थानमा सीमित भए । ​

यसैगरी वरिष्ठ उपाध्यक्षमा एनआरएनए अमेरिकाका निवर्तमान उपाध्यक्ष कृष्णजीबी पन्थ विजयी भएका छन् । गत निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गरेर बिजयी भएका पन्थ बलिया बिआर लामालाई उछिन्दै वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका छन ।

एनआरएनए अमेरिकाको निर्वाचन २०२१-२०२३ का लागि निर्वाचित पदाधिकारीहरु :

अध्यक्ष : बुद्धीसागर सुवेदी
वरिष्ठ उपाध्यक्ष : कृष्णजिबी पन्थ

उपाध्यक्षहरु :
गोपेन्द्र भट्टराई,
सुमन थापा,
बिकास उप्रेती र
डिलु पराजुली

महिला उपाध्यक्ष : दिक्षा बस्नेत
महासचिव : अन्जनकुमार चौलागाईं
सचिव : अनुप खनाल
कोषाध्यक्ष : राजिब श्रेष्ठ
सह-कोषाध्यक्ष : अग्नी ढकाल
महिला सचिव : सुनिता कंडेल सापकोटा
महिला संयोजक : सुन्दरी गुरुङ्ग
युवा संयोजक : त्रिभुवन पाण्डे

बोर्ड सदस्यहरु :
डा. प्रकाश श्रेष्ठ,
बिशाल राना,
बाला घिमिरे,
डोलनाथ घिमिरे,
प्रल्हाद सापकोटा,
ज्ञानेन्द्र गुरुङ,
सन्तोष पहारी,
आशिष संग्रौला,
शान्ति वाग्ले पौडेल,
बिश्वराज बास्तोला,
दुर्गेश कार्की र
राज ढुंगाना ।

अमेरिकाबाट निर्वाचित आईसिसी सदस्यहरु :
अमृत सापकोटा,
संजीवकुमार श्रेष्ठ,
बिन्दु निरौला,
सुरेन्द्र मल्ल,
संजय थापा,
गोविन्द सुबेदी,
नारायण कंडेल,
बिनोद तिवारी र
बिष्णु शाह विजयी भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *