काठमाडौं – विवेकशील साझा दलका नेता उज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।
कोभिड-१९ संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि १४ जेटमा मेडिसिटी ल्याएर इक्मो प्राविधिबाट उपचार गरिएको थियो ।
अस्पतालका अनुसार थापाको सोमबार गरिएको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको भए पनि शरीरका अंगहरुले प्रभावकारी काम गर्न नसकेको र जटिल संक्रमणका कारा स्वास्थ्य स्थितिमा परिवर्तन आउन सकेको थिएन ।
‘चिकित्सकहरुको अथक प्रयास र सबैको शुभेक्षाका बाबजुद उहाँको शारिरीक अवस्था सुदृढ हुन सकेन’ मेडिसिटी अस्पतालद्धारा जारी वक्तव्यमा भनिएको छ, ‘मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा उहाँको असामयिक निधन भएको अवगा गराउँदछौं ।’
परिवारले उनको अन्त्येष्टि साधारण पारिवारिक तवरले सम्पन्न गर्ने इच्छा राखेको परिवार तथा शुभेक्षुकको तर्फबाट जारी वक्तव्यमा उल्लेख छ ।
![](https://i0.wp.com/visionnewsnepal.com/wp-content/uploads/2021/06/193718773_2902840206594383_6064019175763334730_n.jpg?resize=625%2C914&ssl=1)