२०८१ माघ ११ गते | 24th of January 2025

तराईलाई मरभूमि बनाउने षड्यन्त्र रचिएको छ : कांग्रेस सभापति देउवा

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ १९ गते १५:१६

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तराईलाई मरभूमि बनाउने षड्यन्त्र रचिएको बताएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै देउवाले ‘चुरे दोहन गरेर व्यपार घाटा न्यून गर्ने नारा व्यापार गर्न घर जलाए जस्तै’ भएकाे बताएका छन् ।  “अनेक जनविरोधी कार्य गर्दै आएको वर्तमान सरकारले संसद विघटनको असंवैधानिक कदम चालेको समयमा बजेट वक्तव्यमार्फत चुरे दोहनलाई मार्ग प्रशस्त गर्न लिएको नितिलाई नेपाली कांग्रेसले गम्भीर रूपमा लिएको छ,” देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नीतिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन गर्नु सामान्य गल्ति होइन, प्रकृतिविरुद्धको अपराध र देशको तराई–मधेस क्षेत्रलाई भविष्यमा मरुभूमिकरण गर्ने गम्भीर षड्यन्त्र हो ।” सरकारको पछिल्लो नीतिले तराई–मधेस र समग्र देशलाई नै दीर्घकालीन असर पर्ने कदम चाल्नु किमार्थ स्वीकार्य हुन नसक्ने देउवाको भनाइ छ ।

देउवाले ढुंगा, गिट्टी, बालुवा निकासी गर्नेगरी भएको निर्णय तत्काल फिर्ता लिन पनि भनेका छन् ।  सरकारले अध्यादेशमार्फत ल्याएकाे बजेटमा वक्तव्यमा “वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने’ र ‘खानीजन्य निर्माण सामग्री परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोपवे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने’ उल्लेख छ । साेही निर्णयकाे अहिले चाैतर्फी विराेध भइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *