२०८१ वैशाख २० गते | 2nd of May 2024

टर्किस् एयरलाइन्सले बिहीबारदेखि नेपालमा उडान शुरु गर्ने

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ २० गते १४:४२

काठमाडौं – केही देशमा अन्तराष्ट्रिय उडान खुल्ला गर्ने सरकारको निर्णयसँगै टर्किस् एयरलाइन्सले बिहीबारदेखि नेपालमा उडान शुरु गर्ने भएको छ । टर्की, कतार र चीनमा उडान खुल्ला गर्ने निर्णयसँगै टर्किस एअरलाइन्सले बिहीबारदेखि सातामा एउटा उडान गर्ने अनुमति दिइएको नागरिक उड्ड्यन प्राधिकरणका महाप्रबन्धक राजन पोख्रेलले जानकारी दिनुभयो ।

कतार एआरलाइन्सले भने आधिकारिक जानकारी नदिए पनि यसै सातादेखि उडान शुरु गर्ने बुझिएको पोख्रेलले जानकारी दिनुभयो । यता चीन र नेपाल एअरलाइन्सले भने उडान बारे जानकारी नदिएको उहाँको भनाइ छ । नेपाल एअरलाइन्सले कतार र चीनमा सातामा एक/एक वटा उडान गर्ने छन् भने टर्की, कतार र चीनमा भने सातामा एउटा मात्र उडान गर्ने गरी अनुमति दिने तयारी गरेको प्राधिकरणको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *