काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वमा रहेका चारजनाबाहेक सबैजना मन्त्री हेरफेरको तयारी गरेका छन् । अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक योजना तथा पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेक सबैजसो मन्त्री हेरफेर गर्न लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
फेरिएका मन्त्रीमा एमालेका केही र जनता समाजवादी पार्टीका रहनेछन् । जसपाका राजेन्द्र महतोको नेतृत्वमा १० जना सरकारमा सहभागी हुँदैछन् ।