२०८१ वैशाख २६ गते | 8th of May 2024

भर्जिनियाको न्याकमा सहमति

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ २२ गते १:१३

निदेश अधिकारी 

झण्डै एक हप्ताको रस्साकस्सि पछि न्याक ( नेपाली अमेरिकन कम्यूनिटी सेन्टर)ले आगामि कार्यकालकालागि केहि मुख्य पदमा सर्बसम्मत निर्णय गरेको छ । एकातिर बिधानत प्रत्येक २ बर्षमा कार्यसमिति छनोट गर्नुपर्ने भएपछि निर्वाचन समिति समक्ष आफ्नो उमेद्वारि दिने काम हुदैथियो भने अर्कोतिर सहमतिका बाटोहरु खोज्ने काम पनि भईरहेको थियो । डा मदन उप्रेती र राम मिश्र अध्यक्षकालागि ईच्छुक उमेदवार थिए जस अनुरुप दुबै प्रत्यासि आफ्नो आफ्नो चुनाबि अभियानमा लागेका थिए । आफ्नो चुनाबि अभियान संगसगै सदस्यहरुको चुनाबप्रतिको धारणा समेत बुझ्दै थिए दुबै प्रत्यासि ।
बोर्ड अफ ट्रष्टीका रुपमा रहेका गोबिन्द मैनालीले चुनाबमा जादा समाज टुक्रिने डर रहेको भन्दै अर्का प्रत्यासी अरुण रुपाखेतीलाई बोर्ड अफ ट्रष्टीमा समर्थन गरेका छन् ।

आफ्नो उमेद्वारी फिर्ता लिएसगै सस्थाका सदस्यहरुका प्रिय पात्र बनेका मैनालीको यो कदमले समुदायलाई झन एकबद्द भएर अगाडि बढ्न प्रेरित गरेको सदस्यहरु बताउछन् । त्यसैगरि लगभग एक हप्ताको छलफल पछि संस्थाका सदस्यहरुको सुझाबलाई मध्यनजर गर्दै अध्यक्षका उमेद्वार राम मिश्रले आफ्नो उमेदवारि फिर्ता लिएको घोषणा गरेका छन् । अध्यक्षका अर्का उमेद्वार डा मदन उप्रेतीलाई आउदो कार्यकालकालागि प्रस्ताब गर्छु भन्दै आगामि २ बर्षकालागि आफुले डा उप्रेतीको कार्यसमितिलाई साथ र सहयोग गर्ने बताएका छन् । डा उप्रेतीको कार्यक्षमताले यतिका काम भएका छन् भन्दै मिश्रले उहालाई अर्को कार्यकालमा बाकि रहेका धेरै काम सफल गराउन साथ र सहयोग गर्ने बताएका छन् ।

दुई हजार भन्दा धेरै सदस्य रहेका यस सस्थाका सदस्यहरुको चुनाबमा भोट दिएर कार्यसमिति चुन्ने अधिकारलाई कुन्ठित गर्न नहुने बिचार पनि केहि सदस्यहरुबाट आएको थियो तर चुनाबले समाज टुक्रिने र सस्थाको उद्येश्यमा पुग्न नसकिने भन्दै सर्बसम्मत कार्यसमिति छनोट होस् भन्नेमा धेरैको मत थियो । डा मदन उप्रेतिले सबै सदस्यहरुको ईच्छा र सल्लाहलाई आत्मसाथ गर्दै ससंथाको उद्येश्यमा आफु काम गर्ने बताए । यो ससंथा सित जोडिएका अन्य सस्थाहरुलाई सहभागि गराउदै अन्य पोष्टहरुमा पनि यस्तै सर्बसम्मतकालागि छलफल भईरहेको डा उप्रेतिले बताएका छन् ।

स्मरण रहोस् न्याक अघिल्लो बर्ष मात्रै गैर नाफामुलक संस्थाका रुपमा दर्ता भएर एक बर्षमै १७ लाख डलर बराबरको नेपाली सामुदायिक भवन खरिद गर्न सफल भएको सस्था हो । दिनबन्धु पोखरेललाई सप्ताह पुराणमा आमन्त्रण गरेर यति ठुलो रकम संकलन गरेको न्याकले मिनी नेपालको अबधारणामा भर्जिनियाको मनाससमा सामुदायिक भवन किनेर प्रयोगकालागि गृहकार्य गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *