२०८१ वैशाख २५ गते | 7th of May 2024

युलेस टेक्सास सिटी काउन्सिल सदस्यमा टिका पौडेल विजयी

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ २३ गते १८:४८

टेक्सास –  टेक्सास राज्यको युलेस सिटी काउन्सिल मेम्बरका लागि भएको चुनावमा टीका पौडेलले जितेका छन् । शनिबार राति सम्पन्न मतगणनामा पौडेलले प्रतिद्वन्द्वी एरिक बन्सलाई हराउँदै दुई वर्षका लागि सिटीको मेम्बर भएका हुन् ।

सिटी काउन्सिल मेम्बरले स्थानीय विकास निर्माण, सुरक्षा, शिक्षालगायतका क्षेत्रमा नीति निमार्णका काम गर्छन् । “म हाम्रो समुदायका मुद्दाहरु सिटीमा उठाउने छु”, विजयी भएपछि टीकाले भने, “निःशुल्क प्रिस्कुल, खानेपानी, सडक सुधार, पार्कलगायतका मुद्दा उठाउने छु।”

गत मे १ मा पहिलो चरणको निर्वाचन भएको थियो । तर, यो निर्वाचनमा उम्मेदवारले ५० प्रतिशत मत पाउन नसकेपछि रनअफ राउण्डमा चुनाव पुगेका थियो । रनअफको प्रावधानअनुसार बढी मत पाउने दुई जनाबीच पुन चुनाव भएको हो । युलेस सिटी नेपालीको ठूलो जनसंख्या रहेको स्थान हो । डिएफडब्लु अन्तर्राष्ट्रिय विमानस्थलसँगै रहेको युलिस सिटीमा करिब ८ हजार नेपालीको बसोवास रहेको अनुमान छ । तर, नेपाली अमेरिकन मतदाता भने करिब ६ सय थिए ।

अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता समाप्त हुने भएकाले अधिकांश ग्रीनकार्डमै बस्दै आएका छन् । मत हाल्न नागरिक नै हुनुपर्छ । टीकाको चुनावलाई नेपाली समुदायले पनि व्यापक समर्थन गरेको थियो । उनलाई वर्तमान राष्ट्रपति जो बाइडेनको डेमोक्रेटिक पार्टी, एसिएन अमेरिकन र अफ्रिकन अमेरिकनको सहयोग थियो ।
स्रोत : हिमालय खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *