२०८१ वैशाख २४ गते | 6th of May 2024

हवाई इन्धनको मूल्य २० प्रतिशत घटदा नेपाल वायुसेवालाई आर्थिक राहत

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ २४ गते १५:४१

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य २० प्रतिशत घटाएसँगै नेपाल वायुसेवालाई आर्थिकरूपमा राहत पुग्ने देखिएको छ। इन्धन मूल्य घटेसँगै निगमको वार्षिक खर्च एक अर्ब रुपैयाँ बचत हुने प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलले बताए। उनले भने ‘आउने दिनमा इन्धन खपत परिमाण सन् २०१७/१८ मा जस्तै रह्यो भने निगमको वार्षिक एक अर्ब रुपैयाँ बचत हुन्छ।’ उनका अनुसार उक्त समयावधिमा निगमले वार्षिक पाँच अर्ब रुपैयाँ बराबरको इन्धन हालेको थियो।

यही हिसाबले इन्धन खपत अवस्थामा निगमलाई इन्धन खर्चमा ठूलो राहत हुनेछ। उनका अनुसार यसअघि प्रति किलोलिटर आठ सय ९० अमेरिकी डलर मूल्य रहेको इन्धनको भाउ २० प्रतिशत घटाएर सात सय १५ अमेरिकी डलर निर्धारण गरिएको छ।   ‘हामीले पहिलेदेखि पहल गर्दै आएको माग सम्बोधन भएको छ। यसरी इन्धन मूल्य घटेपछि स्वचालित रुपमा  हवाई भाडादर पनि  कम हुने देखिएको छ। जसका कारण अब हामीलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न थप सहज हुने भएको छ,’ उनले भने, ‘यो व्यवस्था लागू भएसँगै निगमको स्तरोन्नतिका लागि दूरगामी प्रभाव पर्नेछ।’   नेपाल आयल निगमको आइतबार बसेको सञ्चालक समितिले नेपालमा बिक्री हुने हवाई इन्धनको मूल्यमा २० प्रतिशत घटाई अन्य इन्धनहरु सरह स्वचालित गर्ने निर्णय गरेको हो।  सोमबारका मितिदेखि नै लागू हुने गरी नेवानिले पनि कार्गो चार्टर रेटमा परिवर्तन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *