सानफ्रान्सिकोमा राजदुत डा. खतिवडासंग अन्तर्कृया कार्यक्रम सम्पन्न
खुल्लामन्च
प्रकाशित: २०७८ जेठ २४ गते १७:१४
सान्फ्रान्सिस्को – अमेरिकाका लागि नेपाली राजदुत महामहिम डा. युवराज खतिवडासंग नेपाल पर्यटन बोर्ड क्यालिफोर्निया ( पर्यटनदूत घनप्रसाद दवाडी) र GNPN (Global Nepali Professional Network – GNPN) द्वारा क्यालिफोर्नियाको सिलिकन भ्यालिमा आयोजीत भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । “Bringing Nepali Diaspora Together During Pandemic and Beyond” भन्ने बिषयलाई आधार मानी गरिएको कार्यक्रममा अमेरिकाको लागि नेपाली राजदुत महामहिम युवराज खतिवडाको प्रमुख आथित्यतामा, महावाणिज्यदुत ॠषी ढकाल बिशेष अथितीको रुपमा उपस्थित थिए ।
पर्यटनदुत घनप्रसाद दबाडीको सभापतित्वमा आरोमा हाउस माउन्टेन भिउ (सिलिकन भ्याली) मा आयोजना भएको यस अन्तर्कृया कार्यक्रमको पहिलो चरणको संचालन टिका पुनले गरेका थिए भने दोश्रो चरणको रवी आचार्यले संचालन गरेका थिए । पर्यटनदुत घनप्रसाद दबाडीले महामहिम लगायत उपस्थित संपुर्ण सहभागिलाई स्वागत गरी सुरुआत गरिएको कार्यक्रममा महामहिम राजदुत डा. युवराज खतिवडा तथा महाबाणिज्यदुत ॠषी ढकालले मन्तब्य राखेका थिए ।
GNPN की अध्यक्ष बिद्या सुवेदीले GNPN को बारेमा प्रकाश पारेकी थिईन । महामहिम राजदुतले आफु सिलिकन भ्यालीमा आएर विभिन्न क्षेत्रका दक्ष र विज्ञहरुसंग भेट्घाट गर्न पाउंदा खुशी लागेको कुरा बताउंदै केही समय भित्र नै विज्ञहरु संग सहकार्यको लागि पहल गर्ने प्रतिवद्धता जाहेर गरे । कार्यक्रममा विभिन्न विधासंग जोडीएका महानुभावहरुको उपस्थिती थियो ।
डा. आमोद पोखरेलले कोविड १९ को कहरबाट आक्रान्त नेपाललाई कसरी सहयोग पुर्याउन सकिन्छ र भविश्यका लागि सजकता भन्ने बिषयमा पावरपोइन्ट प्रिजेन्टेसन गरेका थिए भने डा. तारा सिग्देलले डाटा बेस र यसको महत्वबारे मा प्रकाश पार्दै प्रिजेन्टेसन गरेका थिए । त्यसैगरी सुरेश ओझाले डिजास्टरमा कम्युनिकेसनको महत्व बारेमा प्रिजेन्टेसन गरेका थिए ।
राजदुत डा. खतिवडाले क्यालिफोर्निया र अमेरिकामा रहेका दक्ष जनशक्ती र विज्ञहरुसं हातेमालो र सहकार्य गर्न आफु र नेपाली दुतावास तयार मात्र होइन उत्सुक रहेको बताए । कार्यक्रममा सहभागीहरुले राखेका प्रश्न र जिज्ञासाको अन्तर्कृया पनि भएको थियो ।