काठमाडौं ३ साउन । फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय जानु पर्ने आयोगको निर्णय परिवर्तन भएको छ । अब मतदाता नामावली दर्ता गर्नका लागि जिल्ला नभइ स्थानीय स्तरमा नामावली दर्ता गर्न सकिने भएको छ । आयोगले साउन १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावली संकलन कार्यलाई गाउँसम्म विस्तार गरेको हो ।
अब हरेक स्थानीय तहमा समेत आयोगले नामावली संकलन सञ्चालन गर्ने निर्णय गरेको छ। आयोगले मतदाता दर्ता कार्यक्रमलाई सुगम र प्रभावकारी बनाउनका लागि यसअघि ७५ जिल्लाका क्षेत्रीयरजिल्ला निर्वाचन कार्यालयहरुमा श्रावण १ देखि १५ गतेसम्मको लागि मात्र दर्ता कार्यक्रम सञ्चालन भइरहेकोमा आयोगको आजको निर्णयबाट सो कार्यक्रमलाई थप परिमार्जन गरी स्थानीय तहसम्म पुगी सञ्चालन गर्नेु आयोगको निर्णयमा भनिएको छ। आयोगले साउन १६ गतेदेखि ३२ गतेसम्म गाउँपालिका र नगरपालिकाको कार्यालयमा फोटोसहितको मतदाता नामावली दर्ता र संकलन गर्ने जानकारी दिएको छ।
यो अवधीमा गाउँपालिका र नगरपालिकाको कार्यालयमा नाम दर्ता गराउन नभ्याएमा जिल्लास्थित निर्वाचन कार्यालयबाट गर्न सकिने आयोगले निर्णय गरेको छ। जिल्ला र क्षेत्रीय निर्वाचन कार्यालयमा भने निर्वाचन मिति घोषणा नहुँदासम्म निरन्तर नाम दर्ता र संकलन हुनेछ। निर्वाचन आयोगले फोटोसहितको नाम दर्ता गराउन स्थायी बसोबास भएकै जिल्लामा जानुपर्ने व्यवस्था पनि सरल बनाएको छ। अब बाह्य जिल्ला दर्ता पनि निरन्तर हुने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। आयोगका क्षेत्रीयरजिल्ला निर्वाचन कार्यालयहरुमा बाह्य जिल्ला दर्ता कार्यक्रम पनि निर्वाचनको मिति घोषणा नभएसम्मको लागि निरन्तर सञ्चालन गर्ने निर्णय पनि आयोगले गरेको छ।
