२०८१ वैशाख २१ गते | 3rd of May 2024

नेपाली चलचित्र ‘लाईफ ईन एलए’ निर्माण सकिंदै, बडादशैंमा प्रदर्शनमा आउने

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ २५ गते १५:०८

लस एन्जलस – फिल्मी क्षेत्रको लागि संसारकै प्रख्यात हलिवुड रहेको लस एन्जलस शहरमा ‘ब्यास इन्टरटेन्टमेन्ट’ द्वारा नेपली अमेरिकन कथामा आधारित नेपाली कथानक चलचित्र (लाईफ ईन एलए – “LIFE IN LA”) निर्माण हुंदैछ । अप्रिलको पहिलो सातादेखि सुन्दर नगरी लस एन्जलसमा छायांकन गरिएको यस चलचित्रले १९ दिन लगाएर अमेरीकाको बिभिन्न शहरमा छायांकन गरेर सकिएको छ । लस एन्जलस सहित अमेरीकाको लस भेगास, सान फ्रान्सिस्कोमा छायांकन गरिएको चलचित्रको अब बाँकी २५% छायांकन नेपालमा गरिने भएको छ । गत महिनामै नेपालमा गएर सक्ने योजना नेपालमा कोरोनाको दोस्रो लहरले नेपाल बन्द रहेको हुनाले छयांकन गर्न नपाईएको हो । नेपालमा लक्डाउन खुल्नासाथ नेपाल गएर छायांकन सकाउने योजना रहेको व्यास ईन्टरटेन्मेन्ट प्रमुख ब्याश बिस्सुले जनाएका छन ।

हिन्दूहरुको महान चाड आगामी दशैं अघि दर्शक माझ ल्याउन लागिएको यस चलचित्रमा अमेरीकामा रहेका फिल्म क्षेत्रमा आवद्ध ब्यक्तित्वहरुको संलग्नतामा निर्माण गरिएको छ । लस एन्जलस र अमेरिकाका बिभिन्न शहरहरुमा मनोरन्जन र खेलकुद जस्ता कार्यक्रमहरु गर्दै विगत एक दशकदेखी सकृय चर्चित अनुहार ब्याश बिस्सुको यस चलचित्रमा अभिनय रहेको छ । त्यस्तै करिब १०० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी अमेरीकाको न्यूजर्सी निवासी अकेशा बिष्टले मुख्य नायिकाको भूमिकामा अभिनय गरेकी छिन । हलिवुड चलचित्रका लागि प्रयासरत धेरै बिदेशी कलाकारहरुको अभिनय चलचित्र समावेश गरिएको छ । चलचित्रका अन्य मुख्य कलाकारहरुमा जेरेड बिलाप्स, आयुष केसी, प्रविन खत्री, जयन्द्र चिलुवाल, श्याम भुजेल रहेका छन् । लस एन्जलसमा रहेका सामाजिक अभियान्ताहरु अनिल केसी, उत्तम थापा, बिशाल ढकाल, राजन अधिकारी, नलिना चित्रकार, नारायण खनाल, गोपाल योगी, गोकुल पौड्याल सहित धेरै जनाको अभिनय चलचित्रमा समावेश गरिएको छ ।No description available.

हलिवुडमा चलचित्र पढ्न आएका सुर्य श्रेष्ठले चलचित्रको निर्देशन गरेका छन । निर्देशक श्रेष्ठले २००७ सालमै कान्तिपुर टेलिभिजनमा प्रसारित पपुलर टि भी सिरिएल “क्याफे कान्तिपुर” सहित विभिन्न कार्यक्रम हरुको निर्देशन गरेका थिए । यसै गरी अमेरीकाको प्रसिद्ध युनिभर्सिटी USC (युएससी) बाट फिल्म क्षेत्रमा ग्र्याजुयट राजेन्द्र ठकुरी यस चलचित्रको निर्माता रहेका छन् । ब्यास इन्टरटेन्टमेन्टको लगानी रहेको यस चलचित्रमा क्यामेरामा हलिवुडमा धेरै फिल्ममा छयांकन गरेका कृष वारेन रहेका छन् । बिदेशी प्राबिधिकहरुद्वारा छायांकन गरिएको चलचित्रको अहिले लस एन्जलसमा प्रताप दास र प्रबिषा अधिकारीको स्वरमा चलचित्रका गीतहरु छायांकन र रेकर्डिङ्ग भईरहेको छ । चलचित्रका गीतहरुलाई अमेरीकाको हलिवुड क्षेत्रमा लामो समयदेखि काम गरिरहेका जसवन्त श्रेठले निर्देशन गरेका छन् ।

करिब १ लाख डलरको लगानीमा बन्न लागेको चलचित्र ‘लाईफ इन एलए’ अमेरीकामा रहेर चलचित्र क्षेत्रमा आवद्ध ब्यक्तित्वहरुलाई मौका र प्रेरणा दिनका निमित्त साथै नेपाली चलचित्रलाई भोलीका दिनमा अमेरिकामा सहयोग गर्ने वातावरण सृजनाको गर्नाका निमित्त पनि यो चलचित्र निर्माण गरिएको ब्यास इन्टरटेन्टमेन्टका प्रमुख ब्यास बिस्सुले बताए । चलचित्रको मिडिया पार्टनर खुल्लामन्च डट कम रहेको छ ।

चलचित्रको मिडिया पार्टनर खुल्लामन्च डट कम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *