२०८१ पुष २९ गते | 13th of January 2025

प्रतिनिधि सभा विघटन सम्बन्धमा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी, असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने अदालतको निर्णय

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ २६ गते १३:३८

काठमाडौं- सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटन सम्बन्धमा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। अदालतले उनीहरूसँग लिखित जवाफ मागेको छ। अब असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने अदालतले निर्णय गरेको छ। बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले यस्तो आदेश जारी गरेको हो। सं‍वैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन्।  सर्वाेच्च अदालतमा यो मुद्दामा बुधबारदेखि मात्र नियमित सुनुवाइ सुरु भएको हो। यसअघि झण्डै दुई साता इजलास गठनको विवादमै अल्झिएको थियो।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद् र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी बनाएर मुद्दा दायर भएको थियो।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते राति प्रतिनिधि सभा विघटन गरेकी थिइन्। प्रतिनिधि सभा विघटन सम्बन्धमा सर्वाेच्च अदालतमा ३० थान मुद्दा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *