२०८१ वैशाख २१ गते | 3rd of May 2024

फ्रान्सेली राष्ट्रपति इमानुएल मैक्राँनले खाए थप्पड

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ २६ गते १४:०३

पेरिस-  फ्रान्सेली राष्ट्रपति इमानुएल मैक्राँनको एक औपचारिक भ्रमणको क्रममा थप्पड लगाइएको छ । दक्षिण पूर्बी फ्रान्सको भेलेन्स शहरको औपचारिक भ्रमणको क्रममा उक्त घटना भएको बीबीसीले उल्लेख गरेको छ । सामाजिक सञ्जालमा देखिएको भिडियोमा हरियो टी शर्ट लगाएका एक जना ब्यक्ति मैक्राँनको अनुहारमा थप्पड लगाउने बित्तिकै सुरक्षाकर्मीले राष्ट्रपति मैक्राँनलाई तान्न पुग्यो । फ्रान्सेली सञ्चारमाध्यमहरुका अनुसार उक्त घटनामा संलग्न रहेको आरोपमा दुईजनालाई नियन्त्रणमा लिइएको छ । फ्रान्सेली प्रहरीले ब्यक्ति के कति कारणले थप्पड प्रहार गरेको सम्बन्धमा छानबीन भइरहेको जनाएको छ ।

थप्पड लगाएका ब्यक्तिले पटक पटक ‘डाउन विथ मैक्राँनोज्म’ भनेर कराएका छन् । उक्त घटना भएको केही समयपछि राष्ट्रपति मैक्राँन पुनः उक्त स्थलमा आएर जमा भएको भिडसँग अन्तरक्रिया गर्नुभयो । फ्रान्सेली राष्ट्रपतिको सुरक्षाका लागि राष्ट्रपतिका लागि सुरक्षा समूह ‘जीएसपीआर’ परिचालन गरिदै आएको छ । जसको गठन सन् १९८३ मा भएको थियो । राष्ट्रपति भ्रमणका लागि बाहिर निस्केको बेला समूहका महिला र पुरुष गरी ७७ सुरक्षाकर्मी परिचालन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *