२०८१ साउन ११ गते | 26th of July 2024

नेपालबाट बिदेश जानेले कोरोना परिक्षण कहाँ गराउने ?

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ २९ गते ८:३६

काठमाडौं  – विदेश जानेहरुका लागि पिसिआर रिपोर्ट सरकारले अनिवार्य गरेको छ। पिसिआर परीक्षण गरेर त्यसको ७२ घण्टाभित्रमा विदेश उड्न पाइने सरकारी नियम छ।  विदेश जानेहरुले विदेश जान कहाँ गएर पिसिआर परीक्षण गर्ने धेरैमा अन्यौल छ।  स्वास्थ्य मन्त्रालयले तोकेको भन्दा अन्य स्थानमा पिसिआर परीक्षण गरेर विमानस्थल पुगेका धेरै जसो युवाहरु विदेश जान नपाइ फर्किएका छन।  विदेश जानका लागि मन्त्रालयले सबै सरकारी प्रयोगशाला, न्युनतम १०० वेड भएका निजी अस्पताल र ए वर्गका प्रयोगशालाहरुमा पिसिआर परीक्षण गर्न सकिने जनाएको छ।

शुरुमा सबै प्रयोगशालालाई विदेश जानेहरुको पिसिआर परीक्षण गर्न मन्त्रालयले निर्णय गरेपछि पछिल्लो समय नक्कली रिपोर्ट बनाएको खुलेपछि सरकारले केही निजी अस्पताल, सरकारी अस्पताललाई त्यसको जिम्मा दिएको थियो।  तर निजी अस्पतालहरुमा पिसिआर रिपोर्ट लिएर विदेश जान लागेका युवाहरु नक्कली रिपोर्टका कारण विदेश जान बन्चित हुनु परेको थियो।  त्यसपछि स्वास्थ्य मन्त्रालयले गत वैशाख १९ गते सबै सरकारी प्रयोगशाला, न्युनतम १०० वेड भएका निजी अस्पताल र ए वर्गका प्रयोगशालाहरुमा पिसिआर परीक्षण गर्न सकिने निर्णय गरेको थियो। विदेश जानेले सबै सरकारी अस्पतालका प्रयोगशाला, न्युततम १०० वेड भएका अस्पताल गरी ५१ स्थानमा र  ए वर्गका ३० वटा निजी प्रयोगशालामा पिसिआर परीक्षण गरेर विदेश उड्न सक्छन।

विदेश जानेले यी सरकारी ल्याव र निजी ल्यावमा गर्न सक्नेछन पिसिआर परीक्षण :https://nphl.gov.np/covid19/list-of-organisations-to-perform-covid-test

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *