२०८१ वैशाख २१ गते | 3rd of May 2024

कांग्रेसको महाधिवेशन भदौ १६ देखि काठमाडौंमा

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ २९ गते १३:५१

काठमाडौं – नेपाली कांग्रेसले आफ्नो महाधिवेशन भदौ १६ देखि काठमाडौंमा गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । साउन १ गतेदेखि वडा अधिवेशन गर्ने निर्णय पनि पदाधिकारी बैठकले गरेको छ ।

यसअघि कांग्रेसले भदौ ६ गतेदेखि काठमाडौंमा गर्ने भनिएको थियो । पदाधिकारी बैठकको निर्णयपछि केन्द्रीय समितिको बैठक पनि बोलाइएको छ । असार ३ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *