काठमाडौं ३ साउन । राजतन्त्र फर्काउछौ भन्दै एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) ले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ।देशलाई भ्रष्टाचार मुक्त गरौं र राजतन्त्र फर्काऔं भन्ने नारा लगाउँदै प्रदर्शनकारीले करिब एक घण्टा माइतीघरमा प्रदर्शन गरेका थिए। प्रदर्शनकारीले हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था कायम गरौं र नेपालाई भ्रष्टाचार मुक्त देश बनाअौं भन्ने नारा लागाउदै प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा। प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता केशरबहादुर विष्ट पनि सहभागी भएका थिए।