२०८१ वैशाख २१ गते | 3rd of May 2024

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप, मोडालिटी केहि खुकुलो

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ ३० गते १४:४८

काठमाडौं – काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ । आज काठमाडौं, भक्तपुर र ललितपर तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको हो ।यसअघि, जेठ ३१ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञाको मोडालिटी फेरबदल गर्दै केही खुकुलो बनाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए । ‘‘पछिल्लो समय कोरोना संक्रमण र मृत्युदर घटेको छ । तर, संक्रमणको जोखिम भने घटेको छैन् । त्यसैले निषेधाज्ञा थप गरेका हौँ । निषेधाज्ञाको मोडालिटी खुकुलो बनाइएको छ,” उनले भने ।

जेठ ३१ गतेसम्मको निषेधाज्ञामा बिहान ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खुल्दै आएका छन् । अब बिहान ११ बजेसम्म खोल्न दिइनेछ । विकास निर्माणका कामलाई स्वास्थ्य मापदण्ड पालना गरी अगाडि बढाउन दिइनेछ । बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय लगायत अन्य क्षेत्रमा काम गर्ने कर्मचारीको निजी सवारी–साधनको आवतजावतमा समेत सहजीकरण हुने गरी निर्णय गरिएको छ । तर, सवारीमा आवतजावतमा पूर्ण स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । सार्वजनिक सवारी–साधनको हकमा पहिलाकै मोडालिटी रहेको छ । मास्क लगाएर हिँड्डुुल गर्न दिइनेछ । व्यावसायिक गतिविधि लामो समयदेखि ठप्प रहेकाले बजार, पसल खुला गर्ने नयाँ नियम जारी गरिएको छ । भाडा पसल, पुस्तकालय, कस्मेटिक्स, फेन्सी पसलहरुका लागि समय, बारअनुसार खोल्न दिइने गरी तोकिएको छ ।

‘‘उपत्यकाको निषेधाज्ञा भोलि राति १२ बजे सकिँदै छ,” प्रजिअ निरौलाले बाह्रखरीसँग भने, ‘‘खेती गर्ने महिना भएकाले यसबारे सहजीकरण गरिने निर्णय गरेका छौँ । जसअन्तर्गत बिउ, मल ढुवानी र स्वास्थ्य मापदण्ड पालना गरी कृषि खेती गर्न दिइनेछ ।” प्रशासनका अधिकारीका अनुसार घट्दो संक्रमण र बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञामा खुकुलो प्रावधान ल्याइएको हो । डेढ महिनाअघिदेखिको निषेधाज्ञाले प्रभावित भएको आम जनगुनासो बढ्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *