२०८१ वैशाख २१ गते | 3rd of May 2024

विपन्न राष्ट्रहरूलाई कोरोनाभाइरस विरुद्ध एक अर्ब मात्रा खोप दिने धनी राष्ट्रहरूको समूह जी-७ को वाचा

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ ३० गते १४:५७

काठमाडौं – धनी राष्ट्रहरूको समूह जी-७ को बैठकपश्चात् आयोजित पत्रकार सम्मेलनमा ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले नेताहरूले विपन्न राष्ट्रहरूलाई कोरोनाभाइरसविरुद्ध एक अर्ब मात्रा खोप दिने वाचा गरेको बताएका छन्।

ती खोप सीधै वा कोभ्याक्स सुविधामार्फत् दिन सकिने उनले जनाएका छन्। उक्त परिमाणमा यूकेले दिने भनेको १० करोड मात्रा पनि समाविष्ट छ। “विश्वलाई खोप लगाउने यो अर्को महत्त्वपूर्ण कदम हो,” जोनसनले भने। पत्रकार सम्मेलनमा उनले अक्सफर्ड आस्ट्राजेनेकाले विकास गरेको खोपको भूमिकाको प्रशंसा गर्दै “विश्वकै सबैभन्दा लोकप्रिय खोप” भने।लागत मूल्यमै विश्वमा बेचिएको हुँदा यो निकै लोकप्रिय रहेको बताउँदै जोनसनले आस्ट्राजेनेकाको यो कदमलाई “उदारतापूर्ण कार्य” को सङ्ज्ञा दिए। उनले कोभ्याक्स सुविधाअन्तर्गत दिइएका खोपमध्ये ९६ प्रतिशत अक्सफर्ड आस्ट्राजेनेका रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *