२०८१ वैशाख २४ गते | 6th of May 2024

नेपलिज अमेरिकन च्याम्बर अफ कमर्शद्वारा नेपालको कोभिड राहतका लागि ९० हजार डलर बराबरको सहयोग

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ ३१ गते २:५९

टेक्सास – अमेरिका स्थित नेपलिज अमेरिकन च्याम्बर अफ कमर्शले नेपालको कोभिड राहतका हाल सम्म लागी करिब ९० हजार अमेरिकी डलर बराबरको सहयोग गरेको छ। जस मध्य ५० हजार नगद र ४० हजार बराबरका ५ ओटा भेन्टिलेटरहरु रहेका छन्। No description available.नेपालका विभिन्न अस्पतालहरुमा आबश्यक सहयोगका लागी नेपलिज अमेरिकन च्याम्बर अफ कमर्शले हिजो शनिबार मात्र महाबीर पुन प्रमुख रहेको संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई $२० हजार अमेरिकी डलर र करिब $४० हजार अमेरिकी डलर लागतका ५ Ventilator हरु (२ नया पोर्टेबल र ३ ट्रेनिंगका लागी) हस्तान्तरण गरेको छ । सो अवसरमा च्याम्बर र आविष्कार केन्द्रका बीच बिचमा एक सम्झौता पत्रमा पनी हस्ताक्षर भएको थियो । च्याम्बरमा सभापती बाल जोशी र आविष्कार केन्द्रका प्रमुख महाबीर पुनले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। No description available.नेपालमा कोभिडको दोश्रो प्रकोप सुरु भए पछि नेपलिज अमेरिकन च्याम्बर अफ कमर्शले अमेरिकामा सहयोग संकलन अभियान सुरु गरेको थियो। सहयोग संकलन अभियानका संयोजक सुरेस पोख्रेलका अनुसार च्याम्बरले मुख्यरुपमा नेपालमा झापाको बिर्तामोड, मेची अञ्चल अस्पताल, बाराको कलैया अस्पताल, गुल्मीको धुर्कोट स्वास्थ्य केन्द्र, बाँकेको भेरी अञ्चल अस्पताल, कैलालीको टिकापुर अस्पताल, सुर्खेतको पंचपुरी नगरपालिका तथा सालकोट स्वास्थ्य केन्द्र र अछाम जिल्लाका विभिन्न गाउपालिका स्थित स्वास्थ्य केन्द्रहरुमा सहयोग गरेको छ। No description available.यसै गरि बाँकेको नेपालगन्ज नगरपालिकामा निर्माणाधीन ‘आइसोलेशन सेन्टर’ का लागी च्याम्बरले नेपाली समाज टेक्सासको सहयोगमा १० लाख नेपाली रुपैयाको सहयोग गरेको संयोजक पोख्रेलले जानकारी दिए । च्याम्बरले नेपाल स्थित बागेश्वरी असल शासन क्लब र भेरी अञ्चल अस्पतालसँगको समन्वयमा र टेक्सास नेपाली मेडिकल एसोसियसनको सहयोगमा भेरी अञ्चल अस्पतालका कोभिड बिरामी र उनीहरुका परिवारका लागी २४/७ सहयोग गर्न एक सहायता कक्षको समेत स्थापना गरेको छ। No description available.च्याम्बरले सुरु गरेको कोभिड राहतमा अमेरिका स्थित नेपाली र अन्य समुदाय लगाएत नेपाली समाज टेक्सास, टेक्सास नेपाली मेडिकल एसोसियसन, एभन्ट फाउन्डेशन, पुण्य फाउन्डेशन लगाएतका संस्थाहरुले आर्थिक सहयोग गरेका थिए । संस्था स्थापनाको छोटो अबधि भित्रै विभिन्न परिमाण मुखी काम गरेर समुदायमा आफ्नो परिचय र औचित्य स्थापना गर्न सफल रहेको अमेरिका स्थित नेपाली ब्याबसायीहरुको संस्था नेपलिज अमेरिकन च्याम्बर अफ कमर्शको अनुरोध स्वीकारेर नेपालको कोभिड राहतका लागी सहयोग गर्ने सबै संघ-संस्था तथा समस्त समुदायप्रति कृतज्ञ भएको बताउदै संस्थाकी कोषाध्यक्ष स्मृती कार्कीले सहयोग गर्ने सबैमा आभार व्यक्त गरेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *