२०८१ वैशाख २२ गते | 4th of May 2024

तीन पुर्व प्रधानमन्त्रीको नेपाल निबासमा छलफल, अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने काम नगर्न ध्यानाकर्षण

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ ३१ गते १५:०४

काठमाडौं –  तीन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको कोटेश्वरमा बसेको बैठकले सरकारलाई अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने काम नगर्न ध्यानाकर्षण गराएका छन् । सोमबार साँझ विपक्षी गठबन्धनका नेतासमेत रहेका तीन पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल निवास कोटेश्वरमा छलफलमा बसेका थिए ।

समसामयिक राजनीतिक घटनाक्रमको छलफलले वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न होइन राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवम् जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको हो भन्ने कुरामा पुनःस्पष्टता गरेको स्रोतले बताएको छ । त्यस्तै बैठकले आपसी सम्बन्धबारे पनि छलफल गरेको छ । सोमबारको बैठकले एक आपसमा अविश्वास उत्पन्न गराउने कुराबाट सजग रहने प्रतिबद्धता जनाएको स्रोतले जानकारी दियो ।

बैठकले कोभिड महामारी र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । र, तत्काल सबैलाई पुग्नेगरी कोभिड विरुद्धको खोप तथा विपन्नलाई राहत प्याकेज उपलब्ध गराउन माग गरेको बताइएको छ ।  राज्यका कतिपय अङ्ग र केही संवैधानिक निकायहरूका भूमिकाको निष्पक्षता र निर्णय क्षमतामा आंशका उत्पन्न भएकाले निष्पक्ष र समयमा निर्णय गर्न ध्यानाकर्षण गराइएको ती नेताको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *