२०८१ वैशाख २२ गते | 4th of May 2024

सिन्धुपाल्चोकमा बाढीको बितण्डा

खुल्लामन्च
 प्रकाशित: २०७८ असार २ गते १५:१२

काठमाडौं – सिन्धुपाल्चोको मेलम्ची तथा हेलम्बु क्षेत्रमा बाढी पहिरोले ठूलो जनधनको क्षति भएको छ । लगातारको वर्षापछि  पहिरो झरेर मेलम्ची नदी थुनिएर खुलेपछि लेदोसहित बाढी आएको थियो ।  बाढीका कारण मेलम्ची क्षेत्रका अधिकांश घर डुबानमा छन् ।

त्यहाँका नदीमा रहेका पुल, सुरक्षा फौजको पोस्ट बगाएको छ । त्यहाँ बाढीका कारण घरमा रोकिएकाहरुको हेलिकप्टरको सहायतामार्फत् उद्दार पनि गरिएको छ । पानी अहिले पनि निरन्तर परिरहेकोले नदीको बहाब घटेको छैन ।  जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाढी पहिरोमा हराएकाको खोजी तथा उद्धारको काम जारी रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *