काठमाडौं ४ साउन । बाँया हातमा समस्या देखिएपछि पूर्व राजा ज्ञानेन्द्र शाह बुधबार एका विहानै नर्भिक अस्पतालमा भर्ना भएका छन । शाह बुधबार बिहान ७ बजे अस्पताल पुगेका छन । शाहलाई चिकित्सकले मुटुसम्बन्धित समस्या भएको बताएपछि अस्पताल भर्ना भएका हुन ।
श्रोतकाअनुसार शाहलाई मुटुको एन्जीओप्लास्टी गर्नुपर्ने छ । पूर्व राजा शाहलाई यसअघि पनि मुटुसम्बन्धी समस्या देखिएको थियो । चिकित्सकको सल्लाहअनुसार शाह आफ्नो उपचार गराइरहेका छन ।
मुटुको धमनीमा समस्या देखिएपछि बेड नम्बर ४०१ मा भर्ना गरेर उपचार भइरहेको अस्पतालले जनाएको छ। अस्पताल स्रोतले भन्यो, ‘उन को रक्तनलीमा समस्या देखिएको छ, एन्जियोग्रामफीको तयारी भइरहेको छ।’ एन्जियोग्राफी गरेपछि मुटुको कुन ठाँउमा कति ब्लक छ भन्ने थाहा हुन्छ। त्यसैको आधारमा थप उपचार गरिन्छ।