२०८१ साउन १२ गते | 27th of July 2024

विपक्षी गठबन्धनलाई थप मजबुद बनाउँदै अगाडि बढाउने काँग्रेसको निर्णय

खुल्लामन्च
 प्रकाशित: २०७८ असार ४ गते १४:०६

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई थप मजबुद बनाउँदै अगाडि बढाउने बताएको छ। शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले उक्त निष्कर्ष निकालेको हो। ‘कांग्रेसले लोकतन्त्र र संविधानको मूल्य र मान्यतालाई एक पछि अर्को गरी कमजोर पार्ने काम भइरहेको छ। त्यसविरूद्ध बृहत्तर एकता जो लोकतन्त्र र संविधानमा विश्वास गर्छ। ती पार्टी  र समूहलाई जोड्दै लैजाने, एकताबद्ध बनाएर लैजाने निर्णय भएको छ’, बैठकपछि प्रकाशशरण महतले भने।

यसअघि कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसद कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा बैठक तोक्न भन्दै सर्वोच्च गएका थिए। देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनाउन र प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। यसअघि देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा पेश भएको थियो। साथै, १४६ सांसद हस्ताक्षरसहित सर्वोच्च अदालत पुगेका थिए।

वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरिएको भन्दै विपक्षी ५ दलले विरोध गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *