२०८२ फागुन ३० गते | 14th of March 2026

जोखिमपूर्ण तरिकाले बाढी आएको खोलामा खोप तार्दै गरेको भिडियो चर्चामा, डब्लूएचओका महानिर्देशकले गरे प्रशंशा

खुल्लामन्च
 प्रकाशित: २०७८ असार ५ गते १३:५२

काठमाडौं –  मुस्ताङमा जोखिमपूर्ण तरिकाले बाढी आएको खोलामा खोप तार्दै गरेको भिडियो यति बेला भाईरल बनेको छ । यसै भिडियोलाई  लिएर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोसले  चिन्ता व्यक्त गरेका छन्।  विश्वसमा कोरोना भाइरसविरुद्धको खोपका लागि स्वास्थ्यकर्मीहरू खटिरहेको भन्दै उनले प्रशंशा गर्नुका साथै कोट ट्विट गर्दै चिन्ता पनि व्यक्त गरेका छन्।

ट्वीटमा उनले कोरोना विरुद्धको खोप कार्यक्रममा खटिने स्वास्थ्यकर्मीहरूलाई धेरै स्थानमा खोप पुर्‍याउन नसकिएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन्। उनले स्वास्थ्यकर्मीहरूले खोप लगाउनु समतामूलक न्याय नभएको बताएका छन्। ‘मानिसको जीवन बचाउन स्वास्थ्यकर्मी कसरी खटिन्छन् भन्ने यो भिडियोले देखाएको छ। अझ पनि धेरै ठाउँमा यस्ता हिरोहरूलाई भ्याक्सिन नलगाइने कतिसम्म न्यायोचित हो?,’ डा. टेड्रोसले भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *