२०८१ साउन १२ गते | 27th of July 2024

विदेश जानेका लागि जुनसूकै प्रयोगशालामा गरिएको पीसीआर रिर्पोट मान्य नहुने

खुल्लामन्च
 प्रकाशित: २०७८ असार ५ गते १४:५२

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालमा पीसीआर परीक्षण नहुँने बताएको छ । मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरेर सबै निजी अस्पतालमा पीसीआर परीक्षण हुन्छ र विदेश जानेका लागि जुनसूकै प्रयोगशालामा गरिएको पीसीआर रिर्पोट मान्य हुने कुरामा सत्यता नरहेको जनाएको हो ।

मन्त्रालयका अनुसार सरकारी अस्पतालका प्रयोगशाला र न्युनतम १०० बेड क्षमता भएका ए वर्गका अस्पतालका प्रयोगशालामा गरिएको पीसीआर मात्रै विदेश जानेका लागि मान्य हुन्छ । र ती प्रयोगशालामा गरिएको पीसीआर रिर्पोट लिएर मात्रै विदेश जान पनि मन्त्रालयले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *