२०८२ वैशाख १७ गते | 30th of April 2025

नेपाल स्रष्टा समाजद्वारा योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान तथा योगमाया न्यौपाने राष्ट्रिय अभियन्ता सम्मानको घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७८ असार ४ गते २०:०५

नेपाल स्रष्टा समाजले २०७८ सालको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान तथा योगमाया न्यौपाने राष्ट्रिय अभियन्ता सम्मानको घोषणा गरेको छ ।

समाजले यस वर्षको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान साहित्यकार एवम् नेपाली महिलाको हक हितका लागि लामो सङ्घर्ष गर्नुभएकी नारी जागरण अभियन्ता शान्ता मानवीलाई र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान योगमायासम्बन्धी अनुसन्धानमूलक ग्रन्थका लेखकसमेत रहेका प्रा।डा। गोविन्दमानसिंह कार्कीलाई प्रदान गर्ने निर्णय गरेको हो ।

दुवै सम्मानहरू आदरपत्र र रू २५,१११ राशिसहित प्रदान गरिन्छ । उक्त सम्मान योगमाया दिवस असार २२ गतेका दिनमा प्रदान गरिने छ । स्मरणीय छ, विसं १९९८ सालको असार २२ गते हरिशयनी एकादशीका दिनमा तत्कालीन राणाशासनले आफ्ना मागप्रति ध्यान नदिएका विरुद्धमा नेपालको आध्यात्मिक जागरण तथा महिला अधिकारसम्बन्धी अभियानकी सूत्रपातकर्ता महामना नारी योगमायाका अगुवाइमा ६८ जनाले अरुण नदीमा सामूहिक जलसमाधि लिएको दिन हो । समाजले सो दिनलाई योगमाया दिवस घोषणा गर्न माग गर्दै आएको छ ।
यी दुवै सम्मानका लागि योग्य व्यक्तित्वको चयन गर्न समाजले वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकार नगेन्द्रराज शर्माका संयोजकत्वमा रमा शर्मा, पवन आलोक, राजेश न्यौपाने र श्रीओम श्रेष्ठ रोदन सदस्य रहेको एक सिफारिस समिति गठन गरेको थियो ।
नेपाल स्रष्टा समाजले महामना नारी योगमायाका नाममा स्थापित उल्लिखित सम्मानका अतिरिक्त हरेक वर्ष सुभद्राविश्वराज स्रष्टा सम्मान, रमेशगङ्गा स्रष्टासम्मान, प्रसिद्ध कँडेल स्मृति राष्ट्रिय युवा स्रष्टा सम्मान तथा दमन्ता खनाल स्मृति नारीस्रष्टा सम्मान गरी बर्सेनि छवटा सम्मान प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *