२०८१ वैशाख २२ गते | 4th of May 2024

काठमाडाैं उपत्यकामा असार ८ गतेदेखि निषेधाज्ञा खुकुलो, ट्याक्सीसहितका निजी सवारी साधनमा जोर-विजोर प्रणाली

खुल्लामन्च
 प्रकाशित: २०७८ असार ६ गते १४:०७

काठमाडौं- काठमाडाैं उपत्यकामा असार ८ गतेदेखि निषेधाज्ञा खुकुलो हुने भएको छ। आइतबार बसेको काठमाडाैं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जारी निषेधाज्ञालाई केही खुकुलो पार्दै एक हप्ता लम्ब्याउने निर्णय गरेको हो। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार ट्याक्सीसहितका निजी सवारी साधनलाई जोर-विजोर प्रणालीमा चल्ने दिइनेछ। जोर नम्बरका सवारी जोर गते र  विजोर नम्बरका सवारी विजोर गते चल्न दिइनेछ।

यस्तै, पलहरू बार अनुसार चलाउने निर्णय गरिएको छ। अधिकारीका अनुसार आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइनेछ। यसैगरी, सोमबार, बुधबार र शुक्रबार ११  बजेदेखि ४ बजेसम्म सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी र टेलरिङ पसल खोल्न दिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए।  निर्माणजन्य सामग्रीका पसलहरू हरेक दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न दिइने। खाद्यान्न, दूध, किताब, फलफुल र माछामासुका  पसलहरू बिहान ११ बजेसम्मखोल्न दिइनेछ।   उनका अनुसार रेष्टुरेन्ट,  होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन्। कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र बनेपछि उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *